Aamsanchar

प्रहरीको गाडीबाट हाम फाल्दा एक भारतीय थुनुवाको मृत्यु

Author Image
सोमवार, कार्तिक २७, २०७४

रुपन्देही,

रुपन्देहीमा प्रहरीको गाडीबाट हाम फाल्दा एक थुनुवाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भारतको सिद्धार्थनगर थाना नौतनहवाका २५ वर्षका बिजयकुमार खटिकको ज्यान गएको हो ।

जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी अनुसन्धानका लागि ना १ ग ६१३ नम्बरको जिपमा लैजाँदै गर्दा लुम्बिनीरोडमा गुडिरहेको गाडीबाट हाम फालेका खटिकको गाडीको पछाडीको टायरले किचिएर ज्यान गएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)