Aamsanchar

पाँचथरबाट ठगी गरेर फरार भएका ४ भारतीय नागरिक इलाममा पक्राउ

Author Image
मङ्गलवार, फागुन १५, २०७४

पाँचथर,

सुन सफा गरिदिने भन्दै ठगी गरेर पाँचथरबाट फरार भएका चार जना भारतीय नागरिक इलाममा पक्राउ गरेका छन् ।

फिदिम–१३, स्थित लुङरुप्पाकी बसुन्धरा राईको सुनको गहना सफा गरिदिने भन्दै मारवाडि गालेर नक्कली सुन लगाइदिएर फरार भएकाहरु उन्ीहरुलाई इलाम बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा भारत बिहार राज्यका कृष्ण शाह, रञ्जित शाह, पवन शाह र ब्रिज शाह रहेका छन् । बसुन्धरा राईका श्रीमान शुक्रराज राईले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको पाँचथर प्रहरीका प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताउनुभयो ।

उनीहरुविरुद्ध जिल्ला अदालत पाँचथरमा ठगी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर