बिर्तामोड । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिको दोस्रो अधिवेशनले अर्जुन गिरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
झापाको चारपानेमा सोमवार भएको अधिवेशनले उपाध्यक्षमा जानुका गिरी, सचिवमा उद्धव पुरी, सहसचिवमा मिलन गिरी र कोषाध्यक्षमा अनिता पुरीलाई सर्वसम्मत चयन गरेको हो ।
त्यसैगरी सदस्यमा नारायणप्रसाद गिरी, मनिष गिरी, राजन गिरी, बालकृष्ण गिरी साथै दुई सदस्य पछि थप गरिने जनाइएको छ । बिर्तामोड नगर समितिका अध्यक्ष बालकृष्ण गिरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि दशनामी समाजका जिल्ला अध्यक्ष चन्द्रप्रसाद गिरी रहेका थिए ।

कार्यक्रममा जिल्ला अध्यक्ष गिरी, जिल्ला सदस्य सन्तोष गिरी, अर्जुन गिरी, अनिता पुरी, जानुका गिरी, कन्काई नगरपालिकाका अध्यक्ष नारद गिरी, सचिव सविना पुरी लगायतले शुभकामना मन्तब्य राखेका थिए । भक्तिराज गिरीले स्वागत गरेको कार्यक्रमलाई सचिव हेमराज गिरी‘राजु’ ले सञ्चालन गरेका थिए ।

