Aamsanchar

बाहुनडाँगी जेसीजको सचिवालय स्थापना

Author Image
बुधवार, फागुन १६, २०७४

बाहुनडाँगी,

मेचीनगर–४ बाहुनडाँगी बजारमा बाहुनडाँगी जेसीजको सचिवालय कार्यालय बुधवार उद्घाटन गरिएको छ ।

जेसीजका संस्थापक अध्यक्ष नविन बराल, वर्ष २०१३ का अध्यक्ष बद्री निरौला, वर्ष २०१४ का अध्यक्ष उत्तम सिठुङ, वर्ष २०१५ का अध्यक्ष सन्तोष सुवेदी, वर्ष २०१६ का अध्यक्ष पुष्कर ढकाल, वर्ष २०१७ का अध्यक्ष किरण नेपाल तथा वर्ष २०१८ का अध्यक्ष जीवन मोतेको उपस्थितिमा कार्यालयको उद्घाटन गरिएको हो ।

जेसीजका हरेक गतिविधि सञ्चालनका लागि सहजता होस भन्ने उदेश्यका साथ सचिवालय उद्घाटन गरिएको वर्ष २०१८ का महासचिव सागर कार्कीले बताए ।

यसैगरी जेसीजको पहिलो बोर्ड बैठकले बाँकी रहेका पदहरुमा मनोनित गरेर पूर्णता दिएको थियो । तालिम संयोजकमा देबु बानियाँ, जनसम्पर्क अधिकारीमा बेग सुनवार, कोषवृद्धि संयोजक दीपक बराल, कार्यक्रम संयोजक निकेश दाहाल, खेलकुद संयोजकमा आनन्द गुप्तालाई अध्यक्ष जीवन मोतेले मनोनित गरेका थिए ।

साथै उनीहरुलाई सपत ग्रहणका साथै प्रमाण पत्र वितरण गरिएको थियो । अध्यक्ष जीवन मोतेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष नविन बराल, पूर्व अध्यक्षहरु बद्री निरौला, किरण नेपाल, सन्तोष सुवेदीलगायतले आ आफ्नो विचार राखेका थिए । सञ्चालन महासचिव सागर कार्कीले गरेका थिए ।

Views: 371

प्रतिक्रिया (०)

सम्बन्धित खबर