Aamsanchar

मोटरसाईकलबाट खसेर महिलाको मृत्यु

Author Image
बुधवार, फागुन १६, २०७४

गौशाला, 

महोत्तरीको औरही नगरपालिकाको टिम्किया–श्रीपुर सडकखण्डमा मोटरसाइकलबाट खसेर आज एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा औरही नगरपालिका–४ कठुधार बस्ने गनौर साहकी पत्नी २८ वर्षीया शवनम खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कँुबेर कडायतले बताउनुभयो ।

खातुन पतिसँग ज १० प ८२०९ नं को मोटरसाइकलमा श्रीपुरबाट आफ्नो घर कठुधार जाँदै गर्दा औरही–८ स्थित टिम्कियामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

गम्भीर घाइते खातुनलाई उपचारका लागि बर्दिवास लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो ।

Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर