Aamsanchar

लिङकन मन्टेश्वरीको प्रथम बार्षिकोत्सब सम्पन्न

Author Image
बिहिवार, फागुन १७, २०७४

बिर्तामोड । 

झापाको बिर्तामोड–३ मा रहेको लिङकन मन्टेश्वरी स्कुलको प्रथम बार्षिकोत्सब बिहिबार बिबिध कार्यक्रम गरि सम्पन्न भएको छ ।

बिद्यालय परिषरमा आयोजित कार्यक्रममा बिद्यालयका बिभिन्न बिधामा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरष्कृत समेत गरिएको थियो । सोहि अवसरमा कार्यक्रमका प्रमुख अतिथी तथा बिर्तामोड नगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष भोजराज सिटौलाले पछिल्लो समय बालबालिकाहरुलाई उनीहरुको मनो–भावना अनुसार खेल्दै, सिक्दै पढाउने बिधिबाट संचालित यस्ता शैक्षिक संस्थाहरु लोकप्रिय बन्दै गएको बताए ।

उनले भने,‘बालमैत्री बिद्यालय प्रतिको मोह अबिभावकमा बढदै गएको छ । अब हरेक बिद्यालयमा बालमैत्री बातावरण सिकाइ गर्ने हो भने बालबालिकाले सानै देखि पढाई प्रति लगाब राख्ने थिए ।’

बिद्यालयका संस्थापक अध्यक्ष सुमन शर्मा जम्मरकट्टेलको सभापतित्वमा आयोजित कार्यक्रममा नवोदय शिक्षा सदनका प्रिन्सिपल धर्मराज माझी, जमुना पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए । बिद्यालयकी प्रिन्सिपल दिपिका भट्टराईले स्वागत गरेको कार्यक्रमको संचालन कमला लिम्बुले गरेकी थिईन् ।

Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर