Aamsanchar

तोला चढेको सिक्का धामलाई, चामल वृद्धाश्रमलाई

Author Image
शुक्रवार, फागुन १८, २०७४

पोखरा, 

पोखरा लेखनाथ महानगरपालिका–३३ भरतपोखरीका हरिराम पौडेलले आमा चन्द्रकला पाध्याको ८४ वर्षको पूजाको अवसरमा तोला चढेको सिक्का धाम निर्माणार्थ र चामल वृद्धाश्रमलाई सहयोग गर्नुहुने भएको छ ।

पौडेलले आमा तोला चढ्ने क्रममा पुगेको ४७ किलोग्राम सिक्का पोखरा लेखनाथ महानगरपालिका–२९ स्थित नर्मदेश्वर मोक्षाश्रम धाम, मदौरुकुना र ५० किलोग्राम चामल पोखरा लेखनाथ महानगरपालिका– १७ सीतापाइलास्थित पोखरा वृद्धाश्रमलाई प्रदान गर्न लाग्नुभएको हो ।

चौरासी वर्षको पूजाकै अवसरमा हरिराम पौडेल र उहाँकी धर्मपत्नी लीलादेवी पौडेलद्वारा आमा चन्द्रकला पाध्याको सम्मान र बुबा स्व गिरिधारी पाध्याको स्मृतिमा पोखरा लेखनाथ ३३ पानीट्यांकीमा निर्मित चन्द्रगिरि प्रतिक्षालयको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गत बिहीबार उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा पूर्वकानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापा, नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीलगायतको उपस्थिति थियो

Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर