Aamsanchar

टिपरमा करेन्ट लाग्दा चालकको मृत्यु

Author Image
आइतवार, फागुन २०, २०७४

चितवन, 

पूर्वी चितवनको खैरहनीमा आज दिउँसो टिपरबाट बालुवा खसाल्ने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मनहरी गाउँपालिका–३ मकवानपुरका साजन माझी रहेका छन् ।

खैरहनी नगरपालिका–१० स्थित ढुु्ङग्रे खोला पुलनजिकै ना ७ ख ४८१८ नम्बरको टिपरले बाटो निर्माणका लागि बालुवा खसाल्ने क्रममा सो दुर्घटना भएको हो । बालुवा खसाल्ने क्रममा ढाला माथि उठाउँदा बिजुलीको तारमा छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

करेन्टले टिपरको टायरमा आगलागी समेत भएको प्रहरीले जनाएको छ ।

Views: 274

प्रतिक्रिया (०)

सम्बन्धित खबर