Aamsanchar

मोटिभेसन ट्रेनिङले गाउँमा सकारात्मक परिवर्तन

Author Image
बुधवार, फागुन २३, २०७४

(रोशन भट्टराई)

झापा ।

त्यहाँ करिब १०० जना मानिसहरु थिए होला । एउटा सानो ९ वर्षको भाइ अगाडी आयो र त्यत्रा मानिसका अगाडी बोल्र्दै विचार चौतारी युवा क्लबलाई धेरै धेरै धन्यवाद दिँदै प्रशिक्षक हरिकृष्ण भण्डारीले दिएको व्यत्तित्व विकास तथा उद्योषण सम्बन्धि तालिमबाट आफूँ यत्रो सभाको अगाडी बोल्न सकेको कु्रा बतायो । यो कुरा हिजो मंगलबारको हो ।

विचार चौतारी युवा क्लब मेचिनगर १२ ले संचालन गरेको व्यक्तित्व विकास एवं उद्घोषण तालिमको समापन  मंगलबार सहरेडाँगी पिपल चोकमा भएको छ । माघ दोस्रो साता बाट सञ्चालनमा ल्याइएको तालिम विभिन्न ५ भिन्न भिन्न स्थानमा सञ्चालन गरिएको बताइएको छ । संस्थका अध्यक्ष नेत्र प्रसाद मिश्रको अध्यक्षता, मेचिनगर नगरपालिका वडा न. १२ का वडाध्यक्ष नगेन धिमालको प्रमुख आतिथ्यता, शिव दुर्गा बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक टिकाराम रिजाल , सरस्वती बाल कल्याण माविका प्रधानाध्यापक शुक्रराज घिमिरे, समाजसेवी भुपेन्द्र नेउपाने, पत्रकार रोसन भट्टराई लगायतको आतिथ्यता रहेको कार्यक्रममा संस्थाका सक्रिय सदस्य दिनेश रिजालले कार्यक्रमको औचित्यमाथी प्रकाश पारेका थिए ।

कार्यक्रममा शुभकामना राख्दै वडाध्यक्ष धिमालले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै मुक्तकण्ठले प्रशंसा गरे । साथै आगामी दिनहरुमा यस्ता तालिम संचान गर्न वाड कार्यलयबाट भरपुर सहयोग गर्ने प्रतिबद्धता समेत उनले त्यहाँ व्यक्त गरे ।

क्लबले आयोजना गरेको व्यक्तित्व विकास एवं उद्घोषण तालिमकी प्रशिक्षार्थी तिला न्यौपानेले तालिममा भएको अनुभव बताउँदै उक्त क्लब र क्लबका सदस्यहरु तथा प्रशिक्षकलाई देवताको संज्ञा दिइन । उनले भनिन हामी प्रशिक्षार्थीहरुले क्लबलाई धन्यवाद दिने शब्दको अभाव छ । वहाँहरुले हामीलाई धेरै राम्रो ज्ञान दिएको तथा वहाँहरुको मोटिभेसन तालिमले गर्दा पुरै जीवननै सकारात्मक परिवर्तन भएको भन्दै हर्षका आसुनै झारिन । त्यस्तै अर्की प्रशिक्षार्थी सरु खनालले आफ्ना अनुभव साट्दै भनिन पहिला २÷४ जना मानिसको अगाडी बोल्न खोज्दा मेरो बोलिनै आउदैन थियो , खुट्टा काम्थ्यो , डर लाग्थ्यो तर अहिले यो तालिम लिए पछि मलाई हजारौको अगाडि पनी निर्धक्कका साथ बोल्ने साम्र्थय भएको छ ।

उद्योषण तथा व्यत्तित्व विकास तालिमयुवा संचारकर्मी तथा क्वलबका सचिब समेत रहेका हरिकृष्ण भण्डारिले संचालन गरेका दिएका थिए । भण्डारीको प्रशिक्षण बाट सबै प्रभावित भइ उनलाई उक्त क्षेत्रकै उदाहरणिय मानिएको छ । उनको मोटिभेसनबाट आफुसबै र गाउनै परिवर्तन भएको भन्दै उनि लगायत क्लबका अध्यक्ष नेत्र प्रसाद मिश्र र सकृय सदस्य नवीन खतिवडालाई सत्सङ्ग शान्ती समाज कृतन मण्डली एबं बरपिपल दिदिबहिनी समुह र सबैले संयुक्त रुपमा सम्मान पत्र र मायाको चिनो द्वारा सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले हामीले दिएका सम्पुर्ण तालिमहरु पुर्णरुपमा निस्वार्थ ,निशुल्क र सेवा मुलक रहेको जानकारी गराउदै आगामी दिनमा यस्ता कार्यलाई अझ फैलाएर लैजाने बताए ।

कार्यक्रममा शिव दुर्गा बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रिजाल , सरस्वती बाल कल्याण माविका प्रधानाध्यापक घिमिरे, पत्रकार रोसन भट्टराई लगायतले शुभकामना मन्तव्य दिएका थिए । क्वबका सदस्यउ विवस तिम्सीनाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिब हरिकृष्ण भण्डारिले गरेका थिए ।

Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर