Aamsanchar

मलामी गएका बालक नदीमा बेपत्ता

Author Image
शुक्रवार, फागुन २५, २०७४

बैतडी, 

मलामी गएका बैतडीका एक बालक महाकाली नदीमा बिहीबार डुबेर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा शिवनाथ गाउँपालिका–६ बसेडीका १२ वर्षीय उत्तमसिंह धनाडी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । आफन्तको मलामी गएका बेला शिवनाथ गाउँपालिका–१ खाँणघाटमा पौडी खेल्दा बिहीबार दिउँसो १ः३० बजे महाकालीमा बेपत्ता भएका हुन् ।

बेपत्ता बालकको खोजी कार्य जारी रहेको छ । प्रहरी चौकी महाकालीबाट खटिएको प्रहरीको एक टोलीले बेपत्ता बालकको खोजी गरिरहेको छ ।

Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर