Aamsanchar

जनयुद्धका घाइतेको व्यवस्थापन गर्न माग

Author Image
शनिवार, फागुन २६, २०७४

काठमाडौँ,

जनयुद्धका घाइते योद्धा समाजले आफूहरूले राज्यबाट पाउनुपर्ने सुविधामा रहेको विभेद हटाउनुपर्ने माग गर्दै आज गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरूले घाइतेको जीवन निर्वाहभत्ता समयानुकूल परिमार्जन गर्नुपर्ने, घाइते प्रतिशत निर्धारण पुनरावलोकन गरिनुपर्ने, घाइतेको व्यवस्थापनका लागि कार्यदल गठन गर्नुपर्नेलगायतका माग राखेका छन् ।

घाइतेको मापदण्ड निर्धारणका लागि अहिले रहेको कार्यविधि अपुरो रहेको भन्दै त्यसलाई सच्याउनुपर्नेमा प्रतिनिधिमण्डलले गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

जवाफमा मन्त्री थापाले परिवर्तनका लागि लडेका घाइतेको व्यवस्थापनमा राज्य गम्भीर रहेको भन्दै यो विषयमा आवश्यक प्रक्रिया मन्त्रालयले अघि बढाउने बताउनुभयो ।

Views: 298

प्रतिक्रिया (०)

सम्बन्धित खबर