Aamsanchar

महिला मृतावस्थामा फेला, श्रीमान् फरार

Author Image
आइतवार, फागुन २७, २०७४

उर्लाबारी,

मोरङको लेटाङ नगरपालिका–२ बुधबारे बस्ने ३७ वर्षीया कौशिला राई आज बिहान मृतावस्थामा फेला परेकी छन् ।

गएराति श्रीमान्सँग झगडा भएको र राई आफ्नै घरको कोठामा मृतावस्थामा भेटिएको भन्ने जानकारी स्थानीयवासीले प्रहरीलाई गरेका थिए ।

मृतक राईको शरीरका विभिन्न भागमा चोट रहेकाले घटना शंकास्पद रहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो । घटनापछि मृतक राईका श्रीमान् ३७ वर्षीय कुमार राई फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको छ ।

Views: 357

प्रतिक्रिया (०)

सम्बन्धित खबर