Aamsanchar

पाँचपोखरीमा धिमाल तेस्रो पटक अध्यक्ष

Author Image
आइतवार, फागुन २७, २०७४

बुद्धशान्ति ।

पाँचपोखरी सामुदायिक वन उपभोक्ता समूह बुद्धशान्ति ५ को अध्यक्षमा प्रदीप धिमाल निर्वाचित भएका छन । शनिवार वनको कार्यालयमा सम्पन्न निर्वाचनबाट धिमालले प्रतिस्पर्धी विक्रम खालिङ र गंगाराम कार्कीलाई हराँदै आगामी तीन वर्ष कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

धिमालको यो कार्यकाल तेस्रो पटक हो । यस अघि उनले २ कार्यकाल अध्यक्षको जिम्मेवारी पूरा गरिसकेका छन् । सामाजिक क्षेत्रमा क्रियाशील धिमाल यस क्षेत्रकै लोकप्रिय व्यक्तिका रुपमा चिनिन्छन् । हक्कि स्वाभाव, स्पष्ट बक्ता तथा हरेक समस्याहरुमा साथ दिँदै आएका धिमाल नेकपा एमालेको समर्थनबाट उम्मेद्वारी दिएका थिए ।

उनले नेतृत्व गरेको यो वन पछिल्लो समय पर्यटकीय क्षेत्रका रुपमा विकसित हुँदै गएको छ । धिमालले प्रतिस्पर्धी माओवादी समर्थक खालिङलाई १ सय ३५ मतको फराकिलो मतान्तरले हराएका थिए ।

धिमालले ३ सय ४६ त प्राप्त गरे भने खालिङले २ सय ११ मत पाएका थिए । यसैगरी अर्का अध्यक्षका प्रत्यासी एमालेकै गंगाराम कार्कीले ३ मत मात्र प्राप्त गरेको थिए । कार्कीले अन्ति समयमा खालिङलाई समर्थन गरेका थिए ।जम्मा ५ सय ९८ मतदाता मध्ये ५ सय ६३ जनाले मत गरेका थिए । जसमा ३ मत बदर भएको निर्वाचन समितिका संयोजक तथा जिल्ला बन महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले बताए ।

यसैगरी, महिला पुरुष सहित २० जना सदस्यहरुका लागि वनको १० वटा क्षेत्रबाट यस अघि नै सर्वसम्वत चयन भएका छन् । जसमा क्षेत्र नम्बर १ शंकर तामाङ र शोभा घिमिरे, क्षेत्र नम्बर २ बाट डिल्लीराम मगर र रेखा अधिकारी, क्षेत्र नम्बर ३ बाट अमिता धिमाल र नरबहादुर धिमाल, क्षेत्र नम्बर ४ बाट प्रेम धिमाल र जानुका भट्टराई, क्षेत्र नम्बर ५ बाट रमाकान्त चौधरी र बविता चौधरी, क्षेत्र नम्बर ६ बाट जसबहादुर राई र प्रभा दनुवार, क्षेत्र नम्बर ७ बाट चिदा आचार्य र पुष्पा दाहाल, क्षेत्र नम्बर ८ बाट प्रमोद न्यौपाने र पवित्रा विष्ट, क्षेत्र नम्बर ९ बाट गोपाल विष्ट र शान्त दाहाल, क्षेत्र नम्बर १० रेजेन्द्रकुार थापा र कल्पना दनुवार सर्वसम्वत चयन भएका निर्वाचन समितिका संयोजक वेदप्रकाश भण्डारीले बताए ।

Views: 406

प्रतिक्रिया (०)

सम्बन्धित खबर