Aamsanchar

गाँजा ओसारपसार गर्ने पक्राउ

Author Image
सोमवार, फागुन २८, २०७४

धादिङ,

प्रहरीले गाँजा ओसारपसार गरिरहेका अवस्थामा बेनीघाट रोराङ गाउँपालिकाको जोगीमाराबाट मोटरसाइकलसहित आज दुई जनालाई पक्राउ गरेको छ ।

बोरामा राखेर मोटरसाइकलमार्फत चितवनतर्फ लैजाँदै गरेका अवस्थामा १० किलो गाँजासहित दुई मोटरसाइकलका साथ दुई युवालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिनुभयो ।

धादिङको दक्षिणी क्षेत्रमा संकलित गाँजा लिएर चितवनतर्फ जाँदै गरेका अवस्थामा पोखरा लेखनाथ महानगरपालिका–३ का सुनित शिल्पकार र सोही स्थानका पवनमणि लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुले गाँजा बोक्न प्रयोग गरेको ना ५४ प ६४५ नं को स्कुटर र ग ६ प ९४३१ नं को मोटरसाइकलसमेत बरामद गरेको छ ।

Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर