चारआली ।

सहारा नेपालको आयोजना तथा ह्यविट्याट् फर ह्युमानिटि र मेचीनगर नगरपालिकाको संयोजन र सहयोगमा झापाको मेचिनगर नगरपालिका वडा नं १३ मा रहेका बिपन्न बर्गका ब्यक्तिहरूको लागि २८ वटा घरहरू निर्माण तथा मर्मत कार्य गरिएको छ ।

उक्त घरहरू मध्ये २ वटा घरहरूमा २०७४ फागुन २८ र २९ गतेका दिन मेचीनगर १३ स्थित सुकुमबासी टोल र सिग्देल बस्तिमा स्वयं सेवा मार्फत श्रमदानबाट बेराबारा लगाउने तथा घर निर्माण को काम सम्पन्न गरिएको छ ।

उक्त कार्यमा सहारा नेपाल,सहारा नेपाल साकोस,मेचीनगर नगरपालिका, नेपाली सेना कालिबहादुर गण चारआली तथा रोटरी क्लव बिर्तामोडका स्वयंसवकहरूले सहयोग गर्नु भएको थियो ।

उक्त कार्यबाट घर नभएका तथा भएर पनि नाजुक घर भएका ब्यक्तिहरूको लागि छाना निर्माण भई आफ्नै घरमा बसेर दैनिक जीवन जिउनको लागि सहज भएको छ ।
Views: 129

