विराटनगर,

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को कार्यसमिति सदस्यमा ४ जनालाई चयन गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का अध्यक्ष नरेन्द्र खड्काको अध्यक्षतामा आइतबार विराटनगरमा बसेको बैठकले कार्यसमिति सदस्यमा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शाह, नेपाल सुपाडी प्रशोधन निर्यात व्यवसायी संघका अध्यक्ष देवीप्रसाद खतिवडा, नौदेवी मोटर्स प्रा.लि.का संचालक सुवास आचार्य र महिला उद्यमी सरु के. सी. लाई चयन गरेको हो ।

साथै बैठकले मुख्य मन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा १ नं. प्रदेशको समन्वयमा हुने प्रादेशिक आर्थिक बहस कार्यक्रम गर्ने समेत निर्णय गरको छ । यसैगरी बैठकले विभिन्न समितिहरु गठन गरी सभापति समेत चयन गरेको कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) ले जनाएका छन् ।

जसअनुसार सदस्यता समितिमा उपाध्यक्ष राजेन्द्र राउत, उर्जा समितिमा का.का. सदस्य रविन दहाल, कर तथा राजश्व समितिमा देवकीनन्दन अग्रवाल, भन्सार समन्वय समितिमा विजेन्द्र पारासर, घरेलु तथा साना उद्योग समितिमा का.का.सदस्यमा कैलास पंचारिया, महिला उद्यमी विकास समितिमा सरु के.सी., स्थल, यातायात तथा पारवहन समितिमा सन्त लामा, पर्यटन तथा हवाई यातायात समितिमा भविष श्रेष्ठ, कृषि तथा वन उद्यम समितिमा देवी प्रसाद खतिवडा, ऐन कानून नीति निर्माण समन्वय समतिमा सूर्य प्रसाद विमली, रत्न तथा आभूषण समितिमा चन्द्र बहादुर भट्टराई र शहरी विकास समितिमा सन्तोष चौधरी चयन गरिएको कार्यकारी निर्देशक भण्डारीले जनाएका छन् ।

