विर्तामोड ६ चैत÷ दोस्रो अधिवेशन पछि बसेको नारी संचार गृहको पहिलो बैठकले कार्यसमिति सदस्यमा दुईजना सदस्य मनोनयन र सल्लाहकार समिति गठन गरेको छ ।
संचार गृहकी अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा बसेको बैठकले कार्यसमिति सदस्यमा भवानी क्षेत्री र सूर्योदय टेलिभिजनमा कार्यरत चन्दा भट्टराईलाई कार्यसमिति सदस्यमा मनोनयन गरेको हो ।
त्यसैगरी सल्लाहकार समितिमा संस्थापक अध्यक्ष सावित्रा दाहाल, निर्वाचन समिति सदस्यद्वय इन्दु पूर्वेली र लीला अनमोल रहेका छन् । बैठकले अघिल्लो कार्यसमितिलाई स–धन्यवादसहित आभार व्यक्त गरेको थियो ।

Views: 157

