बिर्तामोड।

पछिल्लो समय बालबालिकाहरु लागूऔषध दुव्र्यसनमा फस्दै गइरहेका छन् । अभिभावकले आफ्ना छोराछोरीको उचित रेखदेख नपु¥याउने गरेकै कारण साथीको लहैलहै र देखासिकीमा लागेर बालबालिकाहरु समेत लागूऔषध दुव्र्यसनको शिकार भएका छन् ।

तिनै बालबालिकाहरुलाई लागूऔषधको दुव्र्यसनबाट मुक्त गराउने उद्देश्यले झापाको बाह्रदशी गाउँपालिका–६, डाँगीबारीस्थित दिपजन अंग्रेजी बोर्डिङ माविले लागूऔषध दुव्र्यसनविरुद्धको परियोजना सञ्चालन गरेको छ । झापाको बाह्रदशी गाउँपालिकालाई लागूऔषध दुव्र्यसनमुक्त गाउँपालिका बनाउने उद्देश्यले विद्यालयले लागूऔषध दुव्र्यसनविरुद्धको परियोजना सञ्चालन गरेको विद्यालयका प्रिन्सिपल लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए ।
ब्रिटिस काउन्सिल अन्तर्गत आइएसए कार्यक्रम लागूऔषध दुव्र्यसनबिरुद्धको परियोजना सञ्चालन गरेको र उक्त परियोजनामा विद्यालयमा अध्ययनरत् कक्षा ९ का विद्यार्थीहरुको सहभागिता रहेको उप्रेतीले बताए ।

विद्यालयलले परियोजना अन्तर्गत लागूऔषध दुव्र्यसनीविरुद्ध सचेतना कार्यक्रम समेत सञ्चालन गरेको उनले बताए । यसैबीच विद्यालयमा लागूपदार्थ दुव्यर्सनविरुद्धको सचेतनात्मक नाटक ‘चेतना’ को समेत मञ्चन गरिएको थियो ।
विद्यालयका शिक्षक विनोद राना मगरको लेखन तथा निर्देशन रहेको नाटकमा कक्षा ९ मा अध्ययनरत् १६ जना विद्यार्थीहरुले अभिनय गरेका थिए । त्यस्तै उक्त परियोजना अन्तर्गत सचेतनात्मक र्याली समेत आयोजना गरिएको थियो । लागूऔषध दुव्र्यसनविरुद्ध विभिन्न नाराहरु लेखिएका प्लेकार्डसहित कक्षा ६, ७ ८ र ९ का बिद्यार्थीहरु सम्मिलित र्यालीले डाँगीबारी बजार परिक्रमा गर्दै सीमलचोकमा कोणसभामा परिणत भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलकान्त गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बाह्रदशी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष रत्नप्रकाश योङ्हाङ, वडा नं. ७ का वडाध्यक्ष मित्रराज भट्टराई, इलाका प्रहरी कार्यालय घैलाडुब्बाका इञ्चार्ज देवराज लम्साल, स्वास्थ्यचौकी डाँगीबारीका इञ्चार्ज रामनारायण शर्मा, नेपाल रेडक्रस सोसाइटी डाँगीबारी उपशाखा सभापति तुलसीप्रसाद थपलिया, विद्यालयका आइएसए को–अर्डिनेटर जीवनप्रसाद खरेल, विद्यालयका संस्थापक निर्देशक देविन्द्रप्रसाद चम्लागाई लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमका सहभागीहरुले लागूऔषधको ओसारपसार, प्रयोग र रोकथाममा सबैले सहयोग पुर्याउनुपर्ने बताउँदै विद्यालय र समुदायमा चेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्नुपर्ने बताए ।
अभिभावकबाट उचित रेखदेख नपुगेको र घरायसी वातावरण पनि राम्रो नपाएकोजस्ता कारणले विद्यालय र क्याम्पस जाने १६देखि ३० वर्ष उमेर समूहका समेत लागूऔषध दुव्र्यसनमा लागेर लुकिछिपी रुपमा लागूऔषधको प्रयोग र सेवन गर्ने गरेकोले त्यस्ता व्यक्तिहरुलाई कडाभन्दा कडा कार्वाही गर्नुपर्नेमा सहभागीहरुको जोड थियो । लागूऔषध प्रयोग गर्दा अभिभावकलाई जानकारी नहुने भएकाले अरुको देखासिकीमा गाउँका युवा र बालबालिका दुव्र्यसनीमा फस्न थालेकोले सचेतनात्मक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उनीहरुले बताए ।
कक्षा ९का विद्यार्थी राजीव देवकोटाले स्वागत गरेको कार्यक्रममा कक्षा ९ कै गरिमा कडेलले औचित्यमामाथि प्रकाश पारेकी थिइन् । कार्यक्रमको सञ्चालन कक्षा ९की विद्यार्थी शर्मिला थापाले गरेकी थिइन् ।

