सल्यान,

: वन संरक्षणका लागि दुवेरी चौर सामुदायिक वन समितिले उपभोक्तालाई निःशुल्क ग्यास चुलो वितरण गरेको छ

शिद्ध कुमाख गाँउपालिका–३ ढोरचौरको सो समितिले गरिब, विपन्न, पिछडिएका ११५ घरधुरीलाई ग्यास चुलो वितरण गरेको हो ।
वन समितिका अध्यक्ष चेतकान्त न्यौपानेले उपभोक्ताका घरमा एक थान ग्यास चुलो र एक वटा भरिएको ग्यास सिलिन्डर उपलब्ध गराइएको बताउनुभयो । “यस अभियानले वन जंगल जोगाउन केही मात्रामा भए पनि भूमिका खेल्ने छ”–अध्यक्ष न्यौपानेले भन्नुभयो ।

Views: 133

