झापा,

झापाको चारआलि स्थित श्री पाउ पाथीभरा मन्दिर परिसरमा बुधबार एक दिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएकोछ।

बिर्ता आयुर्वेद एन्ड फिजियोथेरापी सेन्टर बिर्तामोडको प्राबिधिक सहयोग तथा श्री पाउ पाथिभरा मन्दिर को आयोजना एवं श्रेष्ठ गिफ्ट भेराइटिज स्टोरको सहयोगमा भएको शिबिर मन्दिरका अध्यक्षले उद्घाटन गर्नु भएको थियो।
मन्दिरले आयोजना गरेको गणेश पुराणमा आउनुहुने भक्तजनहरुलाइ लक्षित गरि गरिएको उक्त शिबिरमा हाडजोर्नी ,नशा साथै पाइल्स ,पिनास,ग्यास्ट्रीक,महिलाहरुमा हुने समस्या ,दम,सुगर,प्रेसर,छाला,एलर्जी आदि समस्याको नि:शुल्क चेक जाँच गरिएको थियो साथै त्यहा आउनुहुने भक्तजनहरु खुशी पनि देखिन्थे।

खास गरि पाइल्स ,ग्यास्ट्रीक र हाडजोर्नी को समस्या बढि रहेको कबिराज कमल रिजालले बताउनुभयो भने त्यहा बाट सेन्टरमा सेवा लिन आउनुहुने बिरामिलाइ बिशेष छुट दिने पनि ब्यवस्था संचालक सदस्य राजेश यादबले बताए ।
डाक्टर भगवान शाह,कबिराज कमल रिजाल र वैध नर्वदा भट्टराईको टोलिले करिब दुई सय जनाको स्वास्थ्य जाँच गरेका थिए भने पन्ध्र हजार मुल्य बराबरको निशुल्क औषधि बितरण गरिएको पनि यादबले बताए।

