Aamsanchar

सहारा नेपाल बचत तथा ऋण सहकारीले २२ औँ स्थापना दिवस मनायो

Author Image
बुधवार, चैत २१, २०७४

बिर्तामोड ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थालेस्थापना दिवसको मनाएको छ । नेपालकै अग्रणी एवम् सामाजिक क्षेत्रमा समेत छुट्टै पहिचान बनाएको सहाराले बुधबार सुरुंगामा २२ औँ स्थापना दिवस मनाएको हो ।

कनकाई नगरपालिकाकी उपमेयर मञ्जु प्रसाईंको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा सहाराका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौला लगायतले पुरस्कृत व्यत्तित्वलाई पुरस्कार प्रदान गरेका थिए ।

०५२ साल २१ चैतमा ३३ जना व्यक्तिले ३४ हजार शेयर पूँजीबाट सुरु गरेको सहारा साकोस मुलुककै उत्कृष्ट सहकारी बनेको छ । स्थापना दिवसका अवसरमा सहकारीले स्थापना गरेको सहारा सहकारी पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार रोहित काफ्लेलाई प्रदान गरेको छ । १५ हजार सहित काफ्लेलाई सो पुरस्कार प्रदान गरिएको हो । यसैबीच उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट उद्यमी सदस्य, असल छोरी–बुहारी, दिवंगत शेयर सदस्य तथा केही सहकारी संस्थाहरुलाई समेत सम्मान तथा पुरस्कृत गर्यो ।

सहाराको उत्कृष्ट बचतकर्ताका रुपमा लीलाकुमारी गौतम शर्मा, धनमाया थापा, यमुनादेवि दाहाल खनाल र गीता सिटौला पुरस्कृत भए । उत्कृष्ट ऋणिका रुपमा भक्तिमाया प्रसाईं, टिकादेवी माझी, शारदादेवी बस्नेत खड्का र जनकलाल सुवेदीलाई पुरस्कृत गरियो ।

सेवा केन्द्र सुरुंगाका उत्कृष्ट उद्यमी सदस्यका रुपमा देवमाया विक, रत्नकुमारी शिवाकोटी, खिनमाया खतिवडा, पवित्रा शिवाकोटी र पार्वता गौतम खड्का पुरस्कृत भए । त्यसैगरी पुरस्कृत हुने असल छोरी–बुहारीमा मिनाकुमारी न्यौपाने, मञ्जुमाया कार्की, निर्मला रिजाल र तारा अधिकारी छन् । पुरस्कृत सबैलाई जनही ५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरियो ।

सहाराले दिवंगत शेयर सदस्यहरु खडानन्द गौतम, मातृकाप्रसाद दाहाल, योगमाया ओझा र विनोद पौड्यालका परिवारलाई जीवनयापनका लागि भन्दै परिवार राहत वितरण कार्यक्रममार्फत् प्रतिपरिवार एक लाख रुपैयाँ प्रदान गरेको छ ।

सहाराले प्रबद्र्धन गरेका सहकारी संस्थाहरु संगालो महिला कृषि सहकारी, शान्तिदिप महिला कृषि सहकारी, जनमिलन महिला कृषि सहकारी, सुनमाई महिला कृषि सहकारी, सगुन महिला कृषि सहकारी, मिलीजुली महिला कृषि सहकारी, सदाबहार महिला कृषि सहकारी र जुनतारा महिला कृषि सहकारीलाई पुरस्कृत गरेको छ ।

यी सबै सहकारीलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिएको थियो । बागेडाँगी त्रिदेवी बहुउद्देश्यीय सहकारी र साना किसान कृषि सहकारीलाई भने कम्प्युटर सेट प्रदान गरिएको छ । सहाराका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानालाई संस्थाका सदस्य रामबहादुर भुजेलले सम्मान गरेका थिए ।

Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर