
मोरङ — जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सडक किनारमा व्यवारिसे अवस्थामा भेटिएका दुई वटा खसी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।
मिति २०८३ साल वैशाख ३० गते विराटनगर महानगरपालिका–४ क्षेत्रमा गस्तीमा खटिएको प्रहरी टोलीले सडक किनारमा बेवारिसे अवस्थामा रहेका खसीहरू फेला पारेको थियो। आवश्यक सोधखोज तथा पहिचानपछि ती खसीहरू सम्बन्धित धनीसम्म पुर्याई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीले यस्ता वस्तु हराए वा भेटिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ।

Views: 12


