Aamsanchar

लागू पदार्थ सेवन गरी सवारी साधन चलाएको आरोपमा दुई जना चालक पक्राउ

Author Image
बिहिवार, वैशाख ३१, २०८३

धादिङ – धादिङमा लागू पदार्थ सेवन गरी सवारी साधन चलाएको आरोपमा दुई जना चालक पक्राउ परेका छन्।

ना १ ज ९००५ नम्बरको यात्रुबाहक गाड़ीका चालक नीलकण्ठ नगरपालिका(३ २६ वर्षीय युवक र बागमती प्रदेश ०१(००२ ज ८८५९ नम्बरको ट्याक्सी चालक ललितपुर महालक्ष्मी नगरपालिका(४ का ४३ वर्षीय पुरुष लागू पदार्थ सेवन गरी सवारी चलाएको आरोपमा पक्राउ परेका हुन्।

उनीहरूलाई लागू औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत पक्राउ गरी जिल्ला अदालत धादिङबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चालु महिनामात्रै २१ जना चालक लागू पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा फेला परिसकेका छन्।

Views: 6

प्रतिक्रिया (०)