Aamsanchar

जानाजान सवारी दुर्घटना गराएपछि रेनुका घाइते

Author Image
सोमवार, साउन २८, २०७५

बिर्तामोड ।

ट्राफिक प्रहरीले विभिन्न सचेतना मुलक कार्यक्रम सञ्चालन गरेपनि चालकको लापरबार्ही भने बढ्दै गएको छ ।  सवारी सञ्चालन गर्दा ध्यान दिनुपर्ने विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानमा दुर्घटना न्यूनीकरणका कार्यक्रम सञ्चालन गरेपनि युवा पुस्ताका चालकहरुले भने लापरबार्ही गर्ने गरेको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश राई भन्छन्–युवाहरुमा जोस र जाँगर हुनु स्वभाविकै हो तर जोस कुन ठाँउमा प्रयोग गर्ने हो होस् पु¥याउनुपर्छ । झापामा मोटरसाइकल अत्याधिक दुर्घटनामा परेको भन्दै युवा पुस्ताका चाकलले यो विषयमा ध्यान नदिए ज्यानै जान सक्ने उनको भनाई छ । ट्राफिक प्रहरी २४ सै घण्टा मानिसको ज्यान बचाउन र सुरक्षित यात्रा होस् भनेर सडकमा हुनेभन्दै ट्राफिकको आँखा छलेर सवारी हुँईक्याउने प्रवृत्तिले दुर्घटना बढेको प्रहरी निरीक्षक राईले बताए ।

दिनप्रतिदिन सवारी दुर्घटना बढ्नुको मुख्यकारण चालकको लापरबार्ही पनि एक भएको ट्राफिक प्रहरीको भनाई छ । सवारी चलाउँदा आफुले नियन्त्रण गर्न सक्ने मात्रै स्पिडमा कुदाउनुपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सुचना अधिकारी याम खड्काले बताए । उनले पूर्वपश्चिम राजमार्गसंगै जिल्लाका विभिन्न सहायक मार्गहरुमा समेत ट्राफिक प्रहरीले राडरगनको प्रयोग गरेर तिब्र गतिमा सवारी चलाउनेलाई कारबार्ही अघि बढाएको जानकारी दिए ।

दुर्घटना न्यूनीकरणका लागी ट्राफिक प्रहरीसहित विभिन्न संघसंस्थाहरुले जनचेतना कार्यक्रम गरेपनि शनिबार झापाको बिर्तामोड स्थित चारपाने नजिकै दुई युवाले जानाजान युवतीले सञ्चालन गरिरहेको स्कुटरमा ठक्कर दिएर युवतीलाई घाइते बताएका छन् ।

चारपाने–शनिश्चरे सडक खण्ड अन्र्तगत सहारा नेपालको कार्यालय दुई सयमिटर उत्तरमा शनिश्चरे तर्फ जाँदै गरेको मे ७ प ५४१० नम्बरको स्कुटरलाई मे ९ प ५१०२ नम्बरको मोटरसाइकलले ठक्करदिएर झापा पृथ्वीनगर घरभएकी स्कुटर चालक रेनुका काफ्लेलाई घाइते बताएका छन् ।

सहारा नेपाल शनिश्चरेकी कर्मचारी रेनुका चारपानेबाट शनिश्चरे तर्फ जाँदै गर्दा मोटरसाइकलमा रहेका दुई युवाले पिछा गरेको र जानाजान स्कुटरमा ठक्कर दिएर घाइते बनाएको दिदी युनीता दवाडीले जानकारी दिइन् । उनले भनिन्–युवाहरुले बहिनीलाई जिस्काउदैं अघिपछि गर्दै केहीपर पुगेपछि आफैं स्कुरमा ठक्करदिएर घाइते बनाएछन् । उनको हात तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो ।

दुर्घटना लगत्तै सवारी चालक फरार भएको र स्कुटर चालक रेनुकाको कञ्चनजंगा हस्पिटलमा उपचारपछि घर लगिएको दिदी युनीताले जानकारी दिइन् । घटनाको विषयमा इलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी दिइएको जनाइएको छ । देशभर महिला हिंसाबढी रहेका बेला एक्लै युवती सडकमा हिडडुल गर्नपनि समस्या भएको दिदी युनीताको भनाई छ । उनले दोषीलाई तत्काल पक्राउ गरेर नैतिकताको पाठ सिकाउन प्रहरी समक्ष आग्रह समेत गरेकी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर