Aamsanchar

एउटै बाँसमा मुरली र बाँसुरी सँगै जोडिएका जोडी मुरली

Author Image
बिहिवार, भदौ ७, २०७५

केशबराज भण्डारी/झापा,

मातृकाप्रसाद संग्रौला

झापा अर्जुनधारा ११ लक्ष्मिधापका सुखदेव सिटौला बाँसुरी र मुरली बनाउनमा तल्लिन छन् यतिवेला । वनाउने कलामा पोख्त सुखदेबले जोडी मुरली एकै पटक वजाउन मिल्ने गरी निर्माण गरेका छन् ।

मुखले वजाउन त संभवनै छन् जोर मुरली तर उनले जोरमुरली एकै पटक नाकवाट पनि बजाउन सक्छन् । ताप्लेजुङ्गको तत्कालीन फुलबारी गाउँपञ्चायत वडा नं. ८ मा पिता बिष्णुलाल र माता कौशिला सिटौलाको कोख बाट २०१० साल मंसिर १ गते जन्मिएका सुखदेव सिटौला २०३६ सालमा तत्कालिन फुलबारी उाउँपञ्चायतकै वडा नं. २ रमिते निबासी बुबा लक्षिप्रसाद प्रसाई र माता मधुमायाँ प्रसाईकी कान्छि छोरी मेनुकादेवी प्रसाई सँग बैबाहिक बन्धनमा बाँधिएका सिटौलाका ४ जना छोरा,छोरीका रहेका छन् ।

१ छोरा र ३ छोरी मध्ये २ छोरीको विबाह भइ सकेको छ, एक छोरीको विबाह हुन बाँकी छ भने छोरो बैदेशिक रोजगारीका लागि मलेसियामा छन् । महेन्द्र राजमार्ग वाट ६ किलो मिटर उत्तर शाखा वाटोबाट पनि झट्ट नदेखिने त्यो ठाउँ देख्दा कसैले पनि पत्याउन गाह्रो हुने तर सुखदेब सिटौलाको निबासमा पुग्दा काठको टाँडे घर माटोले चिटिक्क लिपेको भुई, वरिपरी नरिवल र सुपारीका बोट अनि हरियाली, विभिन्न चराचुरुङ्गिका चिरबिर चिरबिर आवाज, बाँसुरी वनाउन घरभरी राखिएका विभिन्न जातका वाँसका टुक्राहरु हेर्दै हेरिरहुँ जस्तो देखिने त्यो दृश्यले गर्दा स्वर्गीय आनन्द प्राप्त जो कोहिले गर्न सक्छ ।

सुखदेब सिटौला

सामान्य परिवारमा हुर्किएका सिटौलाको हालको परिवार पनि सामान्य नै छ । सानो छँदा निक्कै चञ्चले स्वभाब एकैठाउँमा बिना काम चुपलागेर नवस्ने बानी भएका सिटौला, बाल्यकाल देखिनै मुरली र बाँसुरीका सौखिन सिटौला बस्तुहेर्न जाँदा हातमा कर्द बोकेर जाने र बाँसको हाँगा काटेर मुरली वनाउन सिकेका सुखदेवले बनाउने कलाका लागि कसैलाई पनि गुरु नथापेको बताउँछन् । सुरु सुरुमा धेरै बाँस नास हुने गरेको भए पनि पातलो र लामो आँखा भएको वाँस विग्रीदा बढी नै मन खिन्न हुने बताउँछन् ।

हालसम्ममा बनाएका गुणस्तरीय मुरली तथा बाँसुरी झापा सहरेडाँगी धाइजनका मातृकाप्रसाद संगौलाको जिम्मा लगाएका सुखदेब सिटौलाले बाँसुरी र मुरली एकै ठाउँमा बजाउन मिल्ने बाँसुरी,मुरलीको पनि बिकास गरेका छन् । जसका लागी मुखले हावा दिने भग मात्र परिवर्तन गरेर बजाउन सकिन्छ ।

धाइजनका मातृकाप्रसाद संगौला पनि एक पुराना कलाकर्मी हुन् । नेपाल बिद्युतप्राधिकरणमा कार्यरत संग्रौलाले यस अघिनै नाक बाट मुरली वजाएर विभिन्न सञ्चारमाध्यममा छाईसकेका छन् । विभिन्न धार्मिक भजन तथा साहित्य विधाका पुस्तकहरु समेत प्रकाशन गरेका संग्रौला पुराना लोकबाजाहरु मुर्चुङ्गा, बिनायो, मुरली, बाँसुरी लगाउत लोप हुन लागेका बाजाहरु बजाउनमा त्यतिकै माहिर छन् ।

सुखदेब सिटौला र मातृकाप्रसाद संग्रौला यतिवेला लोक बाजाहरुको संरक्षणका लागि सहकार्यमा जुटेका छन् । संग्रौलाले आफ्नै घरमा ति पुराना बाजाहरुको संकलन र संबर्धन गरेका छन् भने, सिटौला विभिन्न नवीन प्रविधिद्वारा बजाउन मिल्ने परी बाँसुरी तथा मुरली बनाउनमा तल्लिन देखिएका छन् ।

नेपालका विभिन्न पुराना लोक बाजाहरु कस्ता थिए भन्ने विषयमा भाविपुस्ताहरुले आँकलन पनि गर्न नसक्ने अवस्था आउनै लागेकोमा चिन्तित संग्रौला र सिटौलाको पुराना लोकबाजाहरुको संरक्षण गर्ने कार्य एउटा उदाहरणीय कार्यभएको संस्कृत विद्हरुको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 340

प्रतिक्रिया (०)

सम्बन्धित खबर