Aamsanchar

यो तेलमा झुक्किएर पनि नबनाउनुहोस् खाना

Author Image
सोमवार, भदौ ११, २०७५

एजेन्सी।

नरिवलको तेल खाने हिसाबमा स्वास्थ्यका लागि राम्रो भनिन्छ । तर एक नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा आशंका जन्माएको छ ।

हार्वर्ड युनिभर्सिटीको टिएच चेन स्कुल अफ पब्लिक हेल्थका प्रेफेसर केरिन मिशेल्सले दावी गरेका छन् कि नरिवलको तेल खानामा सामेल गरिने चीजहरुमा सबैभन्दा खराब चीजमध्ये एक हो ।

‘कोकोनट आयल एण्ड न्युट्रिसनल इरर’ विषयमा एक लेक्चरका क्रममा प्रोफेसर मिेल्सले नरिवलको तेललाई पूर्णतया विष भनेका छन् ।

उनले भने ‘यो तेलमा सेच्युरेटिड फ्याटको मात्र अधिक हुन्छ जो स्वास्थ्यको लागि हानीकारक छ ।’ उनका अनुसार सेच्युरेटिड फ्याटको अधिक मात्राले हाम्रो धमनीमा रक्तप्रवाह रोकिदिन्छ ।

नरिवलमा ८० देखि ९० प्रतिशत सेचुरेटिड फ्याट हुन्छ जुन नौनीमा भन्दा पनि बढी हो । नौनीमा ५१ प्रतिशत सेचुरेटेड फ्याट हुन्छ ।

यदि कासैले निरन्तर नरिवलको तेलको सेवन गरेका उसको शरीरमा सेचुरेटेड फ्याट अत्याधिक हुन्छ । त्यसैले नियमित यो तेलको सेवन गर्नु खतरनाक हुन्छ । डाक्टरहरुले नरिवलको तेलसँगै बीचबीचमा अन्य तेलको पनि सेवन गर्नु उचित हुने बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर