Aamsanchar

झापाको धान सुपरजोनका किसानहरुको लर्को बर्दियाको राजापुर सम्म

Author Image
शनिवार, असोज ६, २०७५

केशवराज भण्डारी/ झापा ।

गाउँनै चकित परेर हेरिरहेको थियो । ३० जना किसान, ४ जना कर्मचारी र २ जना सञ्चारकर्मीको लर्को छुट्छ झापाको वनियानि वाट । हेर्ने जति सवैमा लाग्न सक्छ गाउँमा टाढा जानुपर्ने गरि जन्तिको जोहो गरियो । यो कुनै जन्तिको लर्को होइन, योत केवल घुमन्ते टोलिको लर्को एकजना सहभागिले वताउनुभयो ।

भाद्र २१ गते विहान हस्याङ फस्याङ गर्दै आएका किसानहरुलाइ एउटा लामो अनि ठुलो रात्रि बसमा लोड गरेर अगाडि वढेको गाडि बिर्तामोड आइपुग्दा ८ वजिसकेको थियो । केहि फलफुल किनेर विरामी हेर्न अस्पताल जानेझैँ गरेर बसेका २ जना सञ्चारकर्मी मुत्तिचोकमै उभिएका थिए । डाडिले घच्याक्क ब्रेक लगाए पछि समुहमा सामेल भएका ति २ जना सञ्चारकर्मी पनि पछाडिनै सहज हुन्छ भन्दै बसको सिटमा पुगेर अडिन्छन ।

यो कहानि कुनै चलचिबको कहानि होइन, हरेक वर्ष झैँ धान सुपरजोन झापाले आफ्ना क्षेत्रका कृषकहरुलाई अध्ययन अवलोकनका लागि वर्दिया जिल्लाको राजापुर सम्म पुर्याएको यात्रा संस्मरणको सुरुवात हो ।

झापाको दक्षिणि क्षेत्रमा पर्ने कचनकवल गाउँपालिका अर्थात प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना धान सुपरजोनको सेवा क्षेत्र भित्रका कृषकहरुलाइ हरेक वर्ष अन्तरजिल्लामा सञ्चालित विभिन्न वालिहरुमा नेपाल सरकारले घोषित गरेका जोन सुपरजोन क्षेत्रको अध्ययन अवलोकनका लागि भ्रमण कार्यक्रम सञ्चालन गर्ने गरेको छ । यस आर्थिक वर्ष २०७५–०७६का लागि स्विकृत कार्यक्रम अन्तर्गत ३० जना कृषकको सहभागिता गराएर विभिन्न कृषि प्रविधि तथा गतिविधिको अध्ययन अवलोकन कार्यक्रम सम्पन्न भएको छ । २०७५ भाद्र २१ गते देखि २५ गते सम्म सञ्चालित भ्रमण झापा वाट सुरु भइ नेपाल कृषि कम्पनि द्वारा सञ्चालित प्रविधि र प्रविधि मैत्रि खेतिको अवलोकन वाट अगाडि वढेको थियो ।


ना १ ख १०११ नम्बरको नाइट बसको प्रयोग गरिएको भ्रमणमा सहभागि कृषकहरु लाइ नेपाल कृषि कम्पनीले सञ्चालन गरेको मोरङ्ग जिल्ला स्थित डाँगिहाट कृषि फर्मका प्रमुख डाक्टर विवेकानन्द झा ले मेसिन उपकरणका उपयोगिता तथा त्यसमा लाग्ने लागत साथै धानका सफल जातका वारेमा जानकारी गराउनु भएको थियो । त्यसपछीको यात्रा धनुसा जिल्लामा रहेको राष्ट्रिय धानवाली अनुसन्धान केन्द्र अवलोकनकालागि अगाडि वढ्यो ।

हर्दिनाथ, बनिनियाँ धनुसामा रहेको राष्ट्रिय धानबाली अनुसन्धान केन्द्रले गर्ने काम र धानवालिमा प्रयोग हुने नविनतम प्रविधि तथा यन्त्र उपकरणका लागि केन्द्रका प्रमुख डाक्टर रामवरण यादवले कृषकहरुलाइ जानकारी गराउनु भएको थियो । सो अनुसन्धान केन्द्रमा भएका विभिन्न जातका धानहरुको जानकारी सँग सँगै पनि विना पनि फलाउन सकिने धानको जातको विकास गरिदैगरेको टनेलको पनि अवलोकन गरिएको थियो । सेन्सर जडित उक्त टनेल पानि पर्दा आफैँ वन्द हुने र घाम लाग्दा आँफै खुल्ने प्रविधि देखेर कृषकहरुमा थप उत्सुकता जागृत भएको थिायो ।

धनुसा जिल्लाको धानबालि अनुसन्धान केन्द्र अवलोकन पश्चात हेटौँडामा पुगेर बास वसेको भ्रमण टोलिको नेतृत्व धान सुपरजोन वनियानि झापाका प्रमुख मेघनाथ तिमल्सेनाले गर्नु भएको थियो भने खाना वास को ब्यवस्थापनका लागि वालि संरक्षण अधिकृत सागर विष्टले गर्नु भएको थियो । त्यसै गरी फिल्ड सहजिकरणका लागि प्रविधिक सहायक अम्बिका लुइटेलले जिम्बेवारी निभाउनु भएको थियो ।

हेटौँडा वाट कपिलबस्तुको धान सुपरजोन अध्ययनका लागि अगाडि वढेको भ्रमण टोलिले कपिलबस्तुमा रहेको द्रोण राजभण्डारी संयोजक रहनु भएको धान सुपरजोन कार्यान्वयन इकाइ कपिलवस्तुका प्रमुख मुकुन्द भुसाल वाट सो क्षेत्रका गतिविधिका वारेमा जानकारि पाएको थियो । त्यसै गरी झापाका गतिविधिका वारेमा धान सुपरजोन सञ्चालक समितीका सदस्य दुर्गा थापाले जानकारी गराउनु भएको थिायो ।


त्यसैगरी कृषकका तर्फवाट भ्रमणमा सहभागि झापा कचनकवलका कृषक कनैयालाल गणेशले कृषि यान्त्रिकिकरणका वारेमा आफ्ना अनुभव प्रश्तुत गर्नु भएको थियो ।
कपिलबस्तुको धान सुपरजोनको अवलोकन तथा अध्ययन पश्चात मकै सुपरजोन अध्ययनका लागि दाङको राप्ती गाउँपालिका तर्फ भ्रमण टोलि अगाडि वढ्यो ।

हुकुम बहादुर बस्नेत संयोजक रहेको मकै सुपरजोन दाङ को अवलोकनमा भार्मिक कम्पोष्ट मल तथा कस्टम हायरिङ सेन्टर तथा सोलार सिचाई प्रविधिको अन्ययन गरेको भ्रमण टोलिलाइ चिनले प्रति कठ्ठा ७ क्विन्टल धान फलाउन सकिने धानको जात विकास गरेको जानकारी सञ्चालक समितीका संयोजक बस्नेतले गराउनु भयो ।
२ वालि सम्म मकै फलाउन सकिने मकै सुपरजोन क्षेत्रमा यो भदौको सिजनमा भने चारैतिर धानवाली मात्र देख्न सकिन्छ । मकै खेतिमा आधुनिकिकरणका लागि केहि सामान्य मेसिन खरिद गरेको मकै सुपरजोन बाट कृषकहरु वढिनै आकर्षित भएको पाइयो ।

दाङको राप्ती वाट हिँडेको भ्रमण टोलि लाङकै पश्चििमी क्षेत्रमा पर्ने लमहिमा पुगेर बास वसि भोलि पल्ट दाङकै मकै सुपरजोन कार्यान्वयन इकाइ वाट दाङको सतबरियामा निर्माण गरिएको कष्टम हायरिङ सेन्टरको अवलोकन गरिएको थिायो । मकै गोड्ने मेसिन तथा अन्य मेसिनको अवलोकन गरेर भ्रमण टोली बाँके जिल्ला तर्फ अगाडि वढ्यो ।

बाँके जिल्लाको कोहलपुरमा खाना खाएर वर्दियाको राजापुर तर्फ अगाडि वढेको भ्रमण टोली कर्णाली नदिने टापु वनाएको राजापुरमा रहेको धान सुपरजोन कार्यान्वयन इकाइको अफस पुग्यो । यो राजापुर क्षेत्र भारतको सिमावर्ति क्षेत्रहो यहाँका अधिकांस कृषकहरु धान खेतिमा आधारीत छन । यहाँको धान सुपरजोन सञ्चालक समितीका संयोजक तथा राजापुर नगरपालिकाका मेयर एकै ब्यक्ति शिव प्रसाद चौधरी हुनुहुदो रहेछ । जस्ले गर्दा यस क्षेत्रमा सुपरजोन कार्यान्वयन इकाइ सञ्चालनका लागि कुनै पनि समस्या नरहने देखिएको छ ।

कस्टम हायरिङ सेन्टरमा कृषि यन्त्र उपकरणको ब्यवस्थापन गरेको धान सुपरजोन राजापुर वर्दियाले भने लेजर लेण्ड लेवलरको समेत ब्यवस्थापन गरेको रहेछ । जस्ले गर्दा कृषकहरुलाइ प्रविधि मैत्रि खेति गर्न सहज भएको छ ।


वर्दियाको राजापुरमा रहेको धान सुपरजोनको अध्ययन अवलोकन पश्चात कैलाली, टिकापुर हुदै टिकापुरको चिसापानि जो कर्णालि नदिको किनारमा रहेको छ यहि क्षेत्रमा वास वसि भोलि पल्ट एउटा मात्र पिलरले वनेको कर्णाली पुल तरेर बर्दिया साष्ट्रिय निकुञ्जको विच हुदै दाङको रिहार निस्कीएर खाना खाए पछि कपिलवस्तुको तिलौराकोटमा रहेको राजा सुद्धोधनको राजदरवार अवलोकन गर्दै गौतम बुद्धको जन्मस्थत लुम्विनि अवलोकन गर्दै चितवन वास वसेको भ्रमण टोली भोलिपल्ट नवलपुरमा रहेको कृषि यन्त्र परिक्षण तथा तेलहन वाली अनुसन्धान केन्द्रको अवलोकन तथा अध्ययन पश्चात झापा फिरेको थियो ।

सो अध्ययन अवलोकन भ्रमण बाट कृषकहरुमा थप हौसला तथा उर्जा मिलेको छ । देसका विभिन्न जिल्लामा गरिएका अध्ययन वाट पत्ता लागेको तथ्य के रहयो भने धान सुपरजोन वनियानी झापाले कृषक स्तरमा सञ्चालन गरेका गतिविधि तथा कार्यक्रमहरुको प्रभावकारीता भने अरु जिल्लाको तुलनामा अब्बल देखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 303

प्रतिक्रिया (०)

सम्बन्धित खबर