Aamsanchar

इलाममा यस्तो गाँउ छ ! जहाँ दशैंको सप्तमीदेखि टिकाको दिनसम्म मौन ब्रत हुन्छ

Author Image
शुक्रवार, असोज १९, २०७५

बिर्तामोड।

बेलायतको एसोसिएसन अफ ब्रिटिस ट्राभल एजेन्ट्स(एबीटीए)ले सार्वजनिक गरेको एक प्रतिवेदनमा सन् २०१८ मा घुम्नैपर्ने विश्वका १२ देशहरूको सुचीमा नेपाललाइ समावेश गरेको छ ।

एबीटीएले सार्वजनिक गरेको सन् २०१८ मा घुम्नै पर्ने देशहरूको सुचीमा अर्जेन्टिना, एरिजोना, ब्रिटिसक कोलम्बिया, जर्मनी, माल्टा, मोन्टेनेग्रो, न्युजिल्याण्ड, रुवाण्डा, सेण्ट लुसिया, स्विडेन टर्की र नेपाल रहेका छन् । बीटीएले नेपालमा पर्यटकले गहिरो अध्यात्मको अनुभव गर्ने सक्ने उल्लेख गरेको छ ।

विश्वका विभिन्न देशका पर्यटकहरु नेपाल घुम्न आउने क्रम बढी रहेका बेला नेपालका कतिपय स्थानको विकास र प्रचार नहुदाँ धेरै पर्यटक सिमित क्षेत्रको भ्रमण गरेर फर्किने गरेका छन् । पछिल्लो समय नेपालीहरुमा पनि घुम्नुपर्छ भन्ने मानसिकताको विकास हुदै गएको छ । नेपालीहरु नेपालकै विभिन्न पर्यटर्किय, धार्मिक एवं सांस्कतिक क्षेत्रको भ्रमणमा निस्कने गरेका छन् । प्रदेश सरकाले पनि एक वर्षमा ५ लाख पर्यटक भित्र्यिाउने लक्ष्य नै राखेको छ । पूर्वका धेरै पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरु ओझेलमा परेपछि जनप्रतिधिले त्यस तर्फ चासो दिन थालेका छन् ।

धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक हिसाबले इलामको रोङ गाँउपालिकाले ठूलै सम्भावना बोकेको भन्दै यसको प्रर्वधन तर्फ चासो दिन थालिएको छ । चुरे क्षेत्रमा पर्ने भएकाले पनि यसले धेरै प्राकृतिका सम्भावनाहरु बेकेको रोङ–२ का वडाध्यक्ष टेकबहादुर तामाङले बताए । उनले भने–रोङ शब्दले नै लाप्चा जातीको पहिचान झल्काउछ, यहाँ तामाङ, राई, लाप्चा, मगर, क्षेत्री, बाहुन लिम्बु लगायत धेरै जात–जातिका मानिसहरुको बसोबास रहेको छ ।

विविधता भित्रको एकता पनि यसको बलियो आधार भएको उनको भनाई छ । पछिल्लो समय बनावटी पार्क तथा पर्यटकीय क्षेत्रले धेरै उन्नती गरिरहेपनि प्रकृतिक रुपमा सिंगारिएको रोङ–२ का धेरै स्थान अझै ओझेलमा परेको उनले बताए । तत्कालिन शान्तिपुर गाविसको दुधे, बरफल्याङ, बदमटार, धनसार लगायतका क्षेत्रहरु समेटिएको रोङ–२ का जनप्रतिनिधिले शान्तिपुरमा जन्मेर झापामा स्थायी तथा अस्थायी रुपमा बसोबास गरिरहेकाहरुको संस्था शान्तिपुर–झापा एकता समाजसंग पर्यटन प्रवर्धनको विषयमा छलफल गरेको छ ।

प्रकृतिक रुपमा अत्यन्त सुन्दर भएपनि प्रचारप्रसार र भौगोलिक विकटताका कारण यस क्षेत्रको विकास गर्न नसकिएपनि एकता समाजसंग हातेमालो गरेर अघि बढ्न आफु तयार रहेको वडाध्यक्ष तामाङले बताए । यता शान्तिपुर–झापा एकता समाजका अध्यक्ष ज्ञानेन्द्र अधिकारीले आफ्नो जन्मभूमिको विकास र समृद्धिकै लागी समाजको गठन भएको भन्दै आफुहरुले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।

तत्कालिन शान्तिपुर गाविसको विकास र समृद्धिको विषयमा आफुहरुले विभिन्न काम गर्दै आएपनि जनप्रतिनिधिहरुले चासो नदिदाँ सोचे जस्तो सहयोग गर्न नसकेको भन्दै समाजका सचिव नरेन्द्र ढकालले आफ्नो ठाँउको विकासका लागी राजनीतिक स्वार्थ नबोकन सुझाव दिएका छन् । आफ्नो ठाँउको विकासका लागि एकता र सदभाव रहेमात्र शान्तिपुरको विकास सम्भव हुने भन्दै ढकालले भने–छिमेकी अर्जुनधारा नगरपालिका, सूर्योदय नगरपालिकासंग हातेमालो गर्दै अघि बढ्नुहोस्, हाम्रो साथ सधैं रहन्छ ।

के–के छन् त रोङ–२ मा ?

झापा र इलामको सिमाना जोडिएको रोङ गाँउपालिका–२ मा पर्यटकको प्रशस्त सम्भावना रहेको छ । तत्कालिन शान्तिपुर गाविसको दुधेमा बौद्ध धर्ममान्नेहरुका लागी साङ्गे छे थर लिङ्ग बौद्ध गुम्बा रहेको छ । एक रोपनी क्षेत्रफलमा फैलिएको यस गुम्बामा देशका विभिन्न स्थानबाट भिक्षुहरु आउने गरेका छन् ।

यस गुम्बामा छुट्टै मौलिकता रहेको छ । दशैंको सप्तमीदेखि नै धेरै स्थानमा काटमार सुरु हुन्छ तर यहाँ भने सप्तमीको दिनदेखि युङ्ने ब्रत आर्थत मौन ब्रत शुरु हुन्छ । यो गाँउमा नै काटमार नहुने वडाध्यक्ष तामाङ बताँउछन् । उनले भने–विगतमा दैनिक २–३ वटा झैं झगडा हुने गथ्र्यो तर जब २०६५ सालमा गुम्बा निर्माण ग¥यौं त्यसपछि यहाँका मानिसले जाँड रक्सी तथा मासु खानपनि छाडे र समाजमा मिलेर बस्न थाले त्यसैले धर्मले मानिसलाई नैतिकवान बनाउँदो रहेछ ।

त्यस्तै रोङ–२ मा रहेको चैनपुरेको आहाल डाँडाबाट भारत तथा झापा, मोरङ, सुनसरीका विभिन्न क्षेत्रको दृष्यावलोकन गर्न सकिने छ । यस क्षेत्रका एउटा भ्यू टावर निर्माण गर्ने तथा आहाललाई संरक्षण गर्दै पर्यटकलाई आकर्षण गरिने बताइएको छ । बदमटारमा रहेको राई जातीको सांस्कृतिक स्थान साकेला थान मन्दिरको संरक्षण गर्दै यहाँको इतिहासलाई अझ प्रभावकारी रुपमा उठान गर्ने, वरफल्याङ क्षेत्रमा रहेको चुलीहरुको संरक्षण गर्दै उक्त स्थानमा पैदल मार्गको निर्माण गर्दै र्पटकलाई आकर्षण गरिने भएको छ । त्यस्तै छाउरी खोल्सीमा रहेको गड ढुङ्गामा विभिन्न देवि देवताहरुको आकृति एउटै ढुङ्गामा देख्न सकिने भएकाले यसलाई धार्मिक स्थलको रुपमा विकास गर्ने योजना बनाइएको छ ।

२ नम्बर वडामा वरफल्याङ, सिर्जना र सम्झना गरी तीन वटा सामुदायिक वन रहेकाले उक्त स्थानमा पाइने मयुर, मृग, सालक, दुम्सी, स्याल लगायत विभिन्न जातीका चराचुरुङ्गीको संरक्षण गर्दै पैदल मार्ग मार्फत पर्यटकलाई अवलोकन गर्ने स्थान निर्माण गर्ने र पिकनिक स्थलहरु  निर्माण गर्दै आन्तरिक पर्यटकलाई इलामको इतिहास झल्कने विभिन्न संस्कृतिको बारेमा जानकारी दिने लक्ष्यका साथ काम गर्ने योजना बनाएको वडाध्यक्ष तामाङले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 314

प्रतिक्रिया (०)

सम्बन्धित खबर