Aamsanchar

बिर्तामोडमा ढकमक्क फुल्यो सयपत्री

Author Image
शनिवार, असोज २०, २०७५

आर्गनिक फूलका लागि छैन बजार अभवा, सामुहिकताले सिकायो सीप

नरेन्द्र ढकाल / बिर्तामोड।

शुभकार्य होस् या अशुभकार्यमा फूल अनिवार्य हुन्छ । नेपाली संस्कारमा फूल जन्मे देखि मृत्यू पर्यन्त जसबेला पनि आवश्यकता पर्दछ । धर्मकर्म, पूजापाठ,प्रेमालाप,कुनै वरिष्ठ पाहुनाको स्वागत घर या वातावरणको जसावट र साजसज्जा सबैमा फूलको अनिवार्य उपस्थिति रहेको हुन्छ ।

नेपाली समाजमा अनिर्वाय हुने फूलमा भने नेपाल आत्मनिर्भर बन्न सकिरहेको छैन् । पछिल्लो समय फूलखेती तर्फ आकर्षण बढ्दै गएपनि पर्यप्त रुपमा फूल उत्पादन गर्न नसक्दा अझै भारतकै भरपर्नुपर्ने किसानहरुको भनाई छ । भारतबाट आयत हुने फूलका मालामा र्फमालिन नाम विषदीको प्रयोग गर्ने गरिएको भन्दै झापाका अग्रह पत्रकार चन्द्र भण्डारीले सार्वजानिक कार्यक्रममा भारतबाट आयतित मालालाई बहिष्कार मात्र गरेनन् उनले कसैलाई यो माला प्रयोग नगर्न सुझाव दिए ।

केही समय अघि बिर्तामोड स्थित कनकाई कलेजमा भएको एक कार्यक्रममा फर्मालिन प्रयोग गरिएको मालामा विष भरिभएको भन्दै प्रयोग नगर्न आग्रह गर्दा कार्यक्रममा सम्मान ग्रहण गर्न आएकी साहित्यकार झमककुमारी घिमिरेले मालालाई फ्ल्यलेको दृश्यले धेरैलाई तरङ्ग ल्याएको थियो । भण्डारीको अभियान पश्चात धेरै संघ–संस्थाले भारतबाट माला आयत गर्न छाडेका छन् । केहीले खादाको प्रयोग गरेपनि यसलाई बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले यो त्यसै खेर जाने चिज भन्दै आइन्दा प्रयोग नगर्न विभिन्न संघ–संस्थालाई सुझाव दिदैं आएका छन् ।

पत्रकार भण्डारीले भारतबाट आयतित माला र मेयर शिवाकोटीले खादाको विरोध गरिरहेका बेला महिला उद्यमी संघ नेपाल झापाले भने बिर्तामोड नगरपालिकामा एक विगाह क्षेत्रफलमा सयपत्री फूलको खेती गरेका छन् । ३५ जना महिलाको समुहले सामुहिक रुपमा बिर्तामोड–१ मा ५ कठ्ठा र बिर्तामोड–८ मा १५ कठ्ठा क्षेत्रफलमा सामूहिक रुपमा फूल खेती गरिरहेको संघकी झापा अध्यक्ष गोमा भट्टराईले जानकारी दिइन् ।

उनका अनुसार दैनिक २–३ सय सयपत्री फूलका माला बिक्रि विरण हुदै आएको छ । अध्यक्ष भट्टराईले भनिन्– हामीले विशुद्ध आर्गनिक खेतीपद्धति मार्फत फूल खेती गरेका छौं यहाँ न त कुनै विषादीको प्रयोग भएको न त फर्मालिन नै लगाउनु परेको छ । आफुहरुले उत्पादन गरेको फूलको माला भारतबाट अयत गरिएका माला भन्दा आकर्षक भएको अध्यक्ष भट्टराईले दाबी गरिन् ।

बिर्तामोडमा उत्पदान गरेको माला प्रति गोटा ६० रुपैंयामा विक्रि वितरण गर्दै आएको उनको भनाई छ । सरकारको सुखी नेपाली समृद्ध नेपालका लागी कृषि क्रान्ति आवश्यक रहेको भन्दै अध्यक्ष भट्टराईले भनिन्–हामीले कृषि तर्फ समय दिन सकेका छैनौं । झापालाई फूल खेतीमा आत्मनिर्भर बनाउन सकेमात्रै लाखौं रुपैंया विदेशिनबाट जोगाउन सकिने उनको भनाई छ ।


सयपत्री फूललाई बाह्रै महिना फूलाउन सकिने भएकाले सिजन–सिजनमा यसलाई रोप्ने गरेको बताइएको छ । विउ रोपेको ५ महिनामा यसले उत्पादन दिन सुरु गर्ने जनाइएको छ । गत वर्ष २ कठ्ठा क्षेत्रफलमा सामूहिक रुपमा फूल खेती गरेका महिलाहरुले यसपटक एक विगाह क्षेत्रफलमा फूल रोपेका हुन् । आगामी वर्ष यसलाई अझ बढाएर ४–५ विगाह बनाउने लक्ष्य राखेको अध्यक्ष भट्टराईको भनाई छ ।

फूल खेतीलाई अझ ब्यवस्थित गर्दै लैजान तालिमहरु लिने क्रम पनि चलिरहेको अध्यक्ष भट्टराईले बताइन् । उनले विगत सम्झदैं भनिन्– हिजो सब्जीखेती गरे जतिपनि बजेट दिन्छु भन्ने बिर्तामोडमा मेयरले अहिले फूल खेतीबाट पनि राम्रो आम्दानी हुदो रहेछ भन्ने कुरा बुझाउन सफल भएका छौं । अहिले नगरपालिकाले पनि सहयोग गरिरहेको उनको भनाई छ ।

बिर्तामोड नगरपालिका–१ ले फूलमा आफ्नो वडालाई आत्मनिर्भर बनाउने अभियान नै सञ्चालन गरिरहेको छ । तर अझैपनि बिर्तामोडमा नै आर्गनिक फूलका माला पाइनछ भन्ने थाहा नपाउँदा मानिसहरु भारत तर्फ जाने गरेका छन् । महिला उद्यमी संघ नेपाल झापाले उत्पादन गरेका मालाहरु बिर्तामोड, सुरुङ्गा, बुधबारे लगायतका क्षेत्रमा पनि बित्रिल हुदै आएको छ । नेपालीहरुको महान् चाड बडादशैं, शुभदिपावली र छठ पर्वमा फूल धेरै आवश्यक पर्ने भएकाले संघले नै आफ्नै बिक्रि केन्द्र सञ्चालन गरेर आर्र्गिक माला बिक्रि वितरण गर्ने योजना बनाई रहेको अध्यक्ष भट्टराईले जानकारी दिइन् ।

करिब एक लाख ४० हजार रुपैंया खर्च गरेर सुरु गरेको फूल खेतीबाट ५ लाख रुपैंया आम्दानी गर्ने योजना रहेको बताइएको छ । फूलको विरु कलकत्ता देखि ल्याएको तथा जिल्ला कृषि विकास कार्यालयबाट समेत खरिद गरिएको जनाइएको छ । यस पटक मौसमले साथ दिएकाले सयपत्री ढकमक्क फूलिरहेको उनले बताइन् । अध्यक्ष भट्टराईले आफुलाई फूल खेती तर्फ लाग्न श्रीमान र सासु आमाबाट प्रेरण साथ साथ मिलेको र सबै महिलाको सामूहिक प्रयासले अहिले फूल खेतीमा आत्मसन्तुष्टि मिल्दै गएको बताइन् । उनले फूल उत्पादन गर्न सकेमा बजारको अभाव भने नरहेको जानकारी दिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 246

प्रतिक्रिया (०)

सम्बन्धित खबर