Aamsanchar

अग्निपीडितलाई सुरुङ्गा रेडक्रसको सहयोग

Author Image
आइतवार, माघ २७, २०७५

सुरुङ्गा।

नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गाले कनकाई नगरपालिका–४ त्रिवेणी टोलका प्रकाशकुमार थापालाई लत्ताकपडा तथा खाद्यान्न प्रदान गरेको छ ।

केही दिन पहिले रातको समयमा विद्युत सर्ट भई आगलागी हुँदा थापाको घर जलेर पुर्णतया नष्ट भएको थियो । राती करिब ९ बजे थापाको टिनको घरमा आगलागी हुँदा उनको घरमा राखिएको सबै लत्ता कपडा, भाडा बर्तन, फनिचरका सामान, ३० मन धान चामल लगायतका सामग्री जलेका साथै ३ बटा बाख्रा मरेका थिए भने २ बटा गाईका बाच्छाहरु जलेर घाइते भएका थिए ।

राती राईस कुकरबाट बिद्युत सर्ट भई लागेको आगो एक्कासी फैलिँदा आफूले लगाएका कपडा बाहेक केही पनि झिक्न नपाएको पीडित थापाले बताए । आगालागि स्थानीय, प्रहरी र बिर्तामोड नगरपालिकाको बारुणयन्त्रले नियन्त्रणमा लिएपनि घर र सामग्री भने केही पनि बचाउन सकिएको थिएन ।

आगोलागी पीडित थापा परिवारलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गाले आफ्नो विपत कोषबाट खाद्यान्न, त्रिपाल, भाडाबर्तन, ओढ्ने च्यादर लगायतका अत्यावश्यक सामग्री प्रदान गरेको छ ।

कनकाई नगरपालिका–४ का वार्डअध्यक्ष गोविन्दप्रसाद पौडेल रेडक्रस सोसाइटी सुरुङ्गाका सभापति प्रबिन तिम्सिना, सचिव नवलकिशोर दत्त, सदस्य सुदीप भण्डारी, पूर्व सभापति श्यामकुमार पौडेल, वार्ड सदस्य रोशन सुवेदी, कनकाई उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सोमनाथ उप्रेती, रेडक्रसकर्मी तोयानाथ अधिकारी, सिंहदेवी आधारभूत विद्यालय टेक्राका प्रधानाध्यापक डम्बरप्रसाद फुयाँल लगायतले रेडक्रसको विपद व्यवस्थापन कोषद्धारा खरिद गरिएका सामग्री प्रदान गरेका थिए ।

Views: 98

प्रतिक्रिया (०)