Aamsanchar

देउमाई नगरपालिका काठका पोल हटाउँदै 

Author Image
बुधवार, फागुन १, २०७५

इलाम ।

देउमाइ नगरपालिकाभित्र रहेका काठका पोल हटाउन स्थानीय सरकारले काम शुरु गरेको छ ।

विद्युत् विस्तार गर्दा गाडिएका काठका पोल मक्किएर विद्युत् प्रसारणलाइन धरापका रुपमा रहेको र त्यसको बदलामा स्टिल पोल लगाउने काम शुरु भएको हो ।

काठका पोल हटाउने अभियानसँगै नेपाल विद्युत् प्राधिकरण इलाम शाखाको समन्वयमा १५ देखि २५ एम्पियरका साना ट्रान्सफर्मर हटाएर बढी क्षमताको राख्ने काम शुरु भएको देउमाई नगरपालिका प्रमुख सूर्य पोखरेलले बताउनुभयो ।

काठका पोल हटाउनका लागि गत वर्ष रु एक करोड बजेट विनियोजन गरे पनि खर्च हुनसकेको थिएन । कच्च पर्दाथको मूल्य बढ्दा स्टिमेटअनुसार स्टिलपोल पाउन नसकिएपछि चालू आर्थिक वर्षदेखि काठका पोल परिवर्तन गरी स्टिलपोल राख्न शुरु गरिएको हो । यस वर्ष काठका पोल परवर्तनका लागि रु दुई करोड नगरकार्यपालिकाबाट विनियोजित गरिएको छ भने नेपाल विद्युत् प्राधिकरणले रु एक करोड २० लाख सहयोग गरेको छ ।

Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर