Aamsanchar

अक्षकोषका लागि दुई लाख सहयोग

Author Image
बुधवार, फागुन १, २०७५

बेझाड,

विद्यालयको पढाइस्तर सुधार्न पाल्पा, रामपुर नगरपालिका– १स्थित चन्द्रोदय माध्यमिक विद्यालयमा स्थापित एक कोषका लागि सहयोगस्वरुप रू दुई लाख प्राप्त भएको छ ।

विद्यार्थीको पढाइको स्तर खस्किएको देखेर त्यसलाई सुधार्न जापानी ताकेडाले अक्षयकोष स्थापना गर्नुभएको थियो । सो कोषको श्रीवृद्धिका लागि अर्का जापानी काजुमासा काकीमी (ओकेबाजे) ले प्रधानाध्यापक टङ्कनाथ पोखरेललाई उक्त रकम बराबरको चेक प्रदान गर्नुभयो ।

उक्त विद्यालयमा एसइई परीक्षा उत्तीर्ण भई विज्ञान विषय लिएर बिएस्सीसम्म अध्ययन गर्न इच्छुक गरीब, जेहेन्दार, विपन्न र दलित विद्यार्थीका लागि उक्त कोषबाट प्राप्त व्याज रकमबाट सहयोग उपलब्ध गराइने प्रधानाध्यापक पोखरेलले बताउनुभयो ।

आर्थिक अवस्था नाजुक हुँदा कतिपय विद्यार्थीले एसइई परीक्षा उत्तीर्ण गरेपछि पढाइ छाड्ने गरेकाले ओकेबाजेकै पहलमा ताकेडाले सहयोग सो गर्नुभएको हो

Views: 212

प्रतिक्रिया (०)