Aamsanchar

धुव्रताराको अचार बनाउने तालिम सम्पन्न

Author Image
बुधवार, फागुन १, २०७५

अर्जुनधारा।

धुव्रतारा कृषक महिला समूहको आयोजना र १० नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा गत शुक्रबारदेखि सञ्चालनरत् पाँच दिवसीय अचार बनाउने तालिम मंगलबार सम्पन्न भएको छ ।

समूहमा आवद्ध महिलाहरुलाई सीप प्रदान गर्दै उनीहरुलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्धेश्यले आयोजना गरिएको उक्त तालिम सञ्चालन गर्न वडाबाट ५० हजार रुपैयाँ बजेट विनियोजन भएको समूहकी अध्यक्ष देवकुमारी बोहोराले बताइन् ।

शिवबाबा अचार तथा जुस उद्योग अर्जुनधारा–९का सञ्चालकद्धय अम्बिका शिवाकोटी र दिनानाथ शिवाकोटीले प्रयोगात्मक तथा सैद्धान्तिकरुपमा सहजिकरण गरेको तालिममा ३० जना महिला सहभागी थिए ।

तालिमकी सहभागी सुनिता बुढाथोकीको अनुसार अमला, आँप, कागती, जलपाई र मिक्स गरी पाँच प्रकारको अचार बनाउने तालिम प्राप्त भएको बताइएको छ । समूहकी अध्यक्ष बोहोराको अध्यक्षता र नगर बोर्ड सदस्य एवम् प्रवक्ता सकुन्तला बरालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सहभागी बुढाथोकीले तालिमको अनुभव बारे जानकारी गराइन् ।

वडा सदस्य भोला गौतम, नगर कृषि शाखाकी प्राविद्यिक मीना अधिकारी, कृषि सहायक कञ्चन घिमिरे, सेतीपानी उद्यमी महिला समूहकी अध्यक्ष टीकादेवी रायालगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन समूहकी सहसचिव सन्ध्या भूजेलले गरेकी थिइन् ।

Views: 224

प्रतिक्रिया (०)