झापा।

‘स्वास्थ्यका लागि साइकल’ भन्ने नारा सहित तीन युवाले मेची–महाकाली साइकल यात्रामा शुरु गरेका छन् ।

विहीवार मेची पुलबाट बिर्तामोडका सागर अधिकारी, काठमाडौंका विशद दाहाल र दिवाकर सुवेदीले साइकल यात्रा शुरु गर्नु भएको हो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट एमवीवीएस अन्तिम वर्षको परीक्षा दिएर आफूहरुले साइकल यात्रा शुरु गरेको यातामा सहभागी अधिकारीले बताउनुभयो ।

साइकलले जनस्वास्थ्य र वातावरणमा पु¥याउने फाइदालाई आम जनमानसमा पु¥याउन र युवा पुस्तालाई साइकल तर्फ आकर्षित गर्न आफूहरुले साइकल यात्रा शुरु गरेको अधिकारीको भनाई छ ।

युवालाई मात्रै पनि साइकल प्रति आकर्षित गर्न सकियो भने देशमा दिनानुदिन बढ्दै गएको दीर्घ रोगमा कम हुने उनीहरुको विश्वास छ ।
भविष्यमा प्रमुख शहरहरुलाई नै साइकल सिटी बनाउन सकियो भने ‘सफा, सुन्दर र स्वस्थ्य’ नेपाल बनाउने सबैको चहाना पनि पूरा हुने यात्रामा सहभागी सुवेदीले बताउनुभयो । १५ दिन भित्र साइकल यात्रा पूरा गर्ने बताइएको छ ।

