Aamsanchar

रेलमा छुटेका शिशुलाई पाँच महिनापछि नेपाल फर्काइयो

Author Image
शुक्रवार, फागुन ३, २०७५

भद्रपुर।

भारतीय रेलमा छुटेका नवजात शिशुलाई करिब पाँच महिनापछि भारतको पश्चिम बंगालबाट उद्धार गरी नेपाल ल्याइएको छ ।

साना हातहरु नेपाल भद्रपुरको पहलमा भद्रपुर नगरपालिका–५ निवासी सोमनाथ यादव र उनकी श्रीमती रावरी पोद्दारकी ८ महिनाका नवजात शिशु (छोरा) लक्ष्मण यादवलाई बुधवार बेलुका भारतबाट उद्धार गरी नेपाल ल्याइएको हो ।

भारतको शिलगढीस्थित सिभिल अस्पतालबाट उद्धार गरी ल्याइएका आठ महिने बालक लक्ष्मणलाई साना हातमा आवद्ध कर्मचारी अनिल लिम्बूको नेतृत्वमा गएको टोलीले वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठमार्फत उनका बुबाआमालाई जिम्मा लगाएको हो । ‘रेलमा छुटेको छोरा गुमाइसकेका थियांै’– लक्ष्मणका बुबा सोमनाथले भने– ‘साना हात र नेपाल प्रहरीको सहयोगमा भारतमा सकुशल रहेको छोरा फिर्ता पाएको छु, योभन्दा खुशी अरु के हुन सक्छ र ।’

सोमनाथका अनुसार छोराछोरीसहित श्रीमती भारतको किशनगञ्ज माइत गएका थिए । केही दिनको बसाइपछि नेपाल घर फर्किंदा नवजात छोरा र छोरीलाई लिएर श्रीमती रावरी गतभदौ ९ गते किसनगञ्जबाट गलगलिया आउन डेमो रेल चढेकी थिइन् । गलगलिया आइपुगेपछि रेलबाट ओर्लिने क्रममा श्रीमती र छोरी त ओर्लिए– सोमनाथले भने– ‘सामान पनि भएकोले श्रीमतीले छोरा लक्ष्मणलाई उतार्न सकिनन्, रेलमै छुटेको छोरा शिलगढी रेल्वे स्टेशन पुगेछ ।’

‘छोरा रेलमा छुटेको खबर पाउनासाथ श्रीमतीलाई लिएर शिलगढी गएर बुझ्दा रेल्वे प्रहरीले छोरालाई उद्धार गरी सिभिल अस्पताललाई जिम्मा लगाइसकेको रहेछ’– उनले भने ।

हामी बालकको आमाबुबाभन्दा पनि सिभिल अस्पतालका प्रशासनले हामीलाई छोरा दिन मानेन, कानूनी प्रक्रिया पूरा गरेर लानु भनेपछि हामीले नेपाल प्रहरी प्रशासन समक्ष हारगुहार ग¥यांै । ‘दुई महिना बितिसक्दा पनि छोरा नपाएपछि बालबालिका क्षेत्रमा काम गर्ने भद्रपुरको साना हातलाई गुहा¥यांै’– उनले भने– ‘अन्ततः साना हातको सहयोगमा पाँच महिना पछि छोरा पायांै ।’

साना हातका भद्रपुर स्टेशन म्यानेजर बिक्रम वाग्लेले नवजात शिशुलाई नेपाल फर्काउन भारतीय प्रहरी प्रशासन र कलकत्तास्थित नेपालका लागि बाणिज्य दूतावासले सहयोग गरेको बताए । ‘नवजात शिशु अस्पतालमा रहेको थाह पाएपछि संस्थाले दुवै देशका कानूनी प्रक्रिया पूरा गरी शिशुलाई सकुशल उद्धार गरी नेपाल फर्काएर ल्याएको हो’– वाग्लेले भने ।

Views: 255

प्रतिक्रिया (०)

सम्बन्धित खबर