झापा ।



अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना मगरलाई पत्नी शोक परेको छ ।
अर्जुनधारा ११ निवासी मेयर रानाकी ५९ वर्षीया शान्ती राना मगरको शुक्रबार बिहान ९ः३० बजे निजी निवासमै निधन भएको हो । राना झण्डै चार वर्षदेखि क्यान्सर रोगबाट पीडित थिइन् ।

उनका तीन भाइ छोराबुहारी र एक बहिनी छोरीज्वाइँ छन् । उनको आजै कनकाई नदीमा जातीय परम्पराअनुसार अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।
Views: 135

