Aamsanchar

लक्ष्यभन्दा बढी मुद्दा फैसला 

Author Image
शुक्रवार, फागुन ३, २०७५

भोजपुर,

भोजपुर जिल्ला अदालत लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गर्न सफल भएको छ । वर्षभिरमा ७५ प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य भए पनि चालू आर्थिक वर्षको सात महीनामा नै ७२ दशमलव ६८ प्रतिशत मुद्दा फछ्र्योट गरिएको अदालतले आज पत्रकार सम्मलेनमार्फत जानकारी गराएको छ ।

अदालतमा दर्ताभएका २२७ मुद्दामध्ये १६५ मुद्दा फछ्र्योट गरिएको न्यायाधीश हरिश्चन्द्र इङ्नामले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षदेखि जिम्मेवारी सरेर आएका ५८ मुद्दासहित यो वर्ष २२७ मुद्दा दर्ता भएका थिए ।

आदलतले सो अवधिमा ५१ सम्बन्ध विच्छेदका र जबर्जस्ती करणीका २४ मुद्दा फैसला गरेको छ । अदालतमा सम्बन्ध विच्छेदका ७० र जबर्जस्ती करणीका २७ मुद्दा दर्ता भएका थिए ।

त्यस्तै मेलमिलापका लागि पठाइएको ४९ मुद्दामध्ये २४ वटामा मेलमिलाप गराइएको भने नौ प्रक्रियामा रहेको स्रेस्तेदार राजकुमार दाहालले जानकारी दिनुभयो ।

Views: 182

प्रतिक्रिया (०)