Aamsanchar

सहारा नेपालद्वारा बलभद्र माबिलाई कम्प्युटर

Author Image
शनिवार, फागुन ४, २०७५

बिर्तामोड।

झापा मेचीनगर नगरपालिका वडा नं. ३स्थित बलभद्र आधारभूत बिद्यालयका बिद्यार्थीहरु शुक्रबार औधी देखिए ।

उनीहरु खुशी हुनुको कारण थियो– प्रयोगात्मक रुपमा कम्प्युटर विषय पढ्न कम्प्युटर प्राप्त गर्नु । उनीहरुलाई त्यो अवसर जुराइदिएको थियो बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेस्थित सहारा नेपालले ।

सहारा नेपालले बलभद्र आधारभूत बिद्यालयका बिद्यार्थीहरुलाई प्रयोगात्मक रुपमा कम्प्युटर शिक्षा प्रदान गर्न मद्दत पुर्याउने उद्देश्यले शुक्रबार कम्प्युटर प्रदान गरेपछि बिद्यार्थीहरु खुशी भएका हुन् ।

बिद्यालयमा कक्षा ७ र ८मा अध्ययनरत् बिद्यार्थीहरुलाई २०७० सालदेखि नै कम्प्युटर शिक्षा प्रदान गर्दै आइरहे पनि कम्प्युटरको अभावमा प्रयोगात्मक अभ्यास गराउन नसकिएको विद्यालयले जनाएको छ । सहारा नेपालले बिद्यालयलाई कम्प्युटर प्रदान गरेपछि प्रयोगात्मक अभ्यास गर्न बिद्यार्थीहरुलाई सहज भएको शिक्षक निरज पोखरेलले बताए । कक्षा ७ र ८मा अध्ययनरत् बिद्यार्थीहरुलाई सहारा नेपालले प्रदान गरेको कम्प्युटर बरदान सावित भएको उनले बताए ।

सहारा नेपालका अध्यक्ष भरतकुमार गिरी, उपाध्यक्ष सोमनाथ तिम्सिना, सञ्चालक सदस्य हेमराज गिरी, लेखा अधिकृत राजु गिरी, लेखा ब्यवस्थापक होमनाथ पौडेल, बाहुनडाँगी सेवाकेन्द्रका तीर्थ नेपाल लगायतले बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्र दास र शिक्षक निरज पोखरेललाई कम्प्युटर हस्तान्तरण गरेका थिए ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सूचना र प्रबिधिको क्षेत्रमा बलभद्र आधारभूत बिद्यालयका बिद्यार्थीहरुलाई अब्बल बनाउन बिद्यालयलाई कम्प्युटर प्रदान गरेको सहारा नेपालका अध्यक्ष गिरीले बताए ।

Views: 225

प्रतिक्रिया (०)