Aamsanchar

माटोमा अम्लीयपनाको मात्रा बढी

Author Image
शनिवार, फागुन ११, २०७५

मङ्गलबारे, 

इलामको फाकफोकथुम गाउँपालिकामा माटोमा अम्लीयपना बढी भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले यहाँ सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा कृषि ज्ञान केन्द्रमा किसानले ल्याएको माटोको नमूना परीक्षण गर्दा अम्लीयपना बढी भेटिएको हो ।

असी किसानको माटोको नमूना परीक्षण गर्दा अम्लीयपनाको मात्रा पाइएको कृषि विकास शाखा फाकफोकथुमका कुशेश्वर यादवले बताउनुभयो । यस गाउँपालिकाको वडा नं १, २, ३ र ६ को माटो परीक्षण गरिएको थियो ।

“बलौटे, दुमोट, पाँगो, चिम्ट्याइलो माटोको पिएच, नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा नमूना परीक्षण गर्दा यस क्षेत्रको माटोमा बढी पिएच भेटियो”, यादवले भन्नुभयो, “यसको सबैभन्दा उत्तम विधि कृषि चुनको प्रयोग नै हो ।”

त्यस्तै शिविरमा ५० किसानले बाली उपचार गराएका थिए । सुन्तला, कागती र अलँैची बालीको उपचार गरिएको थियो । पछिल्लो समय सुन्तला, कागती र अलैँचीमा देखिएको रोग निदानका लागि कृषि प्रमुख यादवले निमराज, निलोतुथो र कृषि चुनको प्रयोगलाई बढाउँदै लैजानुपर्ने सुझाव दिनुभएको छ ।

माटो शिविरमा गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले गाउँपालिकालाई तीन÷चार वर्षमा रासायनिक मलमुक्त बनाउँदै प्राङ्गारिक मलको प्रयोग बढाउँदै लैजानेमा जोड दिनुभयो । उहाँले रासायनिक मलको प्रयोगले नागरिकको स्वास्थ्यमा समेत असर पर्दै गएकाले गाउँ कार्यपालिकाको बैठकबाटै रासायनिक मललाई प्रतिबन्ध लगाउने नीति अवलम्बन गरिने बताउनुभयो । “स्थानीयस्तरमा प्राङ्गारिक मलको पर्याप्त उपलब्धता भएकाले रासायनिक मललाई प्रतिबन्ध लगाउने तयारी गरिएको छ, त्यसपछि यहाँको कृषि उत्पादन पूर्ण जैविक बनाउने योजना छ ।”

ग्रामीण क्षेत्रमा उत्पादन हुने सागसब्जी, अन्नबाली पूर्ण जैविक बनाउन सके यसको बजारीकरणमा पनि कुनै समस्या नहुने कृषि प्राविधिक वसन्त भट्टराईको भनाइ छ । यस क्षेत्रका किसानले विशेषगरी अदुवा, गहुँलगायतका बालीमा युरिया, डिएपी, पोटासजस्ता रासायनिक मलको प्रयोग गर्दै आएका छन् ।

Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर