Aamsanchar

रानी वनको १७ औं सभा

Author Image
आइतवार, फागुन १२, २०७५

झापा।

झापा गाउँपालिका वार्ड नं. ६ र ७ मा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको १७ औं साधारण सभा सम्पन्न भएको छ ।

सामुदायिक वन समूहका वर्तमान अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा झापा क्षेत्र नं. ४ का प्रदेश सभा सदस्य हीराकुमार थापाको प्रमुख आतिथ्य रहेको थियो । पानसमा दीप प्रज्ज्वलनसहित उद्घाटन गरिएको कार्यक्रममा प्रमुख अतिथि माननीय थापाले रानीवनलाई सिमसार क्षेत्र बनाउदै पर्यापर्यटनको क्षेत्रको रुपमा विकास गर्ने ठोस कार्ययोजना बनाउनुपर्नेमा जोड दिएका थिए । उनले जनताको रानीवनलाई सिमसार क्षेत्र बनाउने इच्छालाई पुरा गर्नका लागि सहयोग गर्न आफू तयार रहेको बताए ।

कार्यक्रममा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह, वन डिभिजन कार्यालयका झापाका प्रमुख बिष्णु घिमिरे, झापा गापाका नेकपा नेता गजेन्द्र ताम्ली, झापा गापाका नेपाली कांग्रेसका सह–संयोजक सखीचन्द्र ठाकुर लगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा ज्येष्ठ नागरिक संघका संयोजक गोपाल प्रसाईं, फ्रेन्ड्स् क्लब शरणामतीका अध्यक्ष उमाराम रिजाल, वन हकहित संरक्षण समितिका संयोजक केशब बजगाईं, झापा गापा–६ का वडाध्यक्ष हरिबहादुर बानियाँ, झापा गापा–७ का वडाध्यक्ष धुर्ब उप्रेती, सामुदायिक वन उपभोक्ता महासंघ झापा गापाका अध्यक्ष तुलसीराम प्याकुरेल लगायतको आतिथ्य रहेको थियो । सो कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई नगद ५ सय ५५ नगदसहित दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

वन समूहका उपाध्यक्ष कमल गनगाईको स्वागत मन्तव्य रहेको कार्यक्रमको बन्दसत्रले वार्षिक, आर्थिक तथा सांगठानिक प्रतिवेदनहरु पारित गरेको थियो । वर्तमान कार्यसमितिको कार्यकाल सकिएका कारण निर्वाचन सम्पन्न गर्न केशव बजगाईको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको पूर्व अध्यक्ष पञ्चवीर राईले जानकारी दिए ।

Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर