सुरुङ्गा,

करेन्ट लागेर झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका–५ निवासी ३० वर्षीय मुसित मंसुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार कमल गाउँपालिका–५ निवासी सूर्यकुमार राईको घर बनाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका मंसुरीलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लैजाँदै गर्दा बाटैमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
भारतीय महिला मृत फेला

भद्रपुर नगरपालिका–५ मा भारतीय महिला मृत फेला परेकी छिन् । अन्दाजी ७०÷७५ वर्ष जस्तो देखिने मागी खाँदै हिँड्ने महिला मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको वतन भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
Views: 69

