Aamsanchar

विद्यार्थी पिटेको आरोपमा शिक्षक पक्राउ

Author Image
बुधवार, फागुन १५, २०७५

उदयपुर,

विद्यार्थी पिटेको आरोपमा त्रियुगा नगरपालिकाको एक निजी विद्यालयका शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा वडा नम्बर ६, जलजलेमा रहेको मेरीब्रुट इङ्लिस बोर्डिङ स्कुलका शिक्षक दीपक प्रधान हुन्। कक्षा ८ मा अध्यानरत वर्ष १६ का केशब थापालाई कुटपिट गरेको आरोपमा शिक्षक प्रधान पक्राउ परेका हुन्।

‘कक्षा ८ मा अध्ययनरत थापालाई नपढेको भन्दै नीलडाम बस्ने गरी कुटिएको छ,’ जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले भने, ‘अभिभावले दिएको उजुरीको आधारमा पक्राउ गरिएको हो।’ पीडित विद्यार्थी थापाको शरीरको विभिन्न भागमा नीलडाम रहेको छ। थापालाई उपचारका लागि अस्पताल पठाइएको छ।

Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर