Aamsanchar

नेविसंघले ग¥यो हाजिरी जवाफ

Author Image
बुधवार, फागुन १५, २०७५

सुरुङ्गा।

नेपाल विद्यार्थी संघ कनकाई नगर कमिटीले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा भएको प्रथम नगर मावि स्तरीय उक्त हाजिरी जवाफ प्रतियोगितामा ९ वटा विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा विद्योदय अंग्रेजी मावि चप्रामारी प्रथम, कनकाई मावि सुरुङ्गा द्वितीय र नवयुग शिक्षा निकेतन दुर्गापुर तृतीय भएका थिए ।

सो प्रतियोगितामा पशुपति अंग्रेजी मावि, झापा मेरिगोल्ड अंग्रेजी मावि, दिव्यरत्न अंग्रेजी मावि, भृकुटी मावि दुर्गापुर, सरस्वती मावि जामुनाबारी र आदर्श विद्यामन्दिर मावि घैलाडुब्बाले भाग लिएका थिए ।

नेविसंघ कनकाई नगर कमिटी सभापति सागर ढकालको अध्यक्षता, नेविसंघ झापा सभापति राजेन्द्र उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कनकाई बहुमुखी क्याम्पसका प्रमुख विकासप्रसाद उप्रेती, नेपाली कांग्रेस कनकाई नगर सचिव दुर्गाप्रसाद प्रसाई, दिव्यरत्न अंग्रेजी माविका प्रिन्सिपल सागर ढुंगाना लगायतले मन्तव्य राखेका थिए ।

नेविसंघ जिल्ला सदस्य अशोक पाठकको स्वागत मन्तव्य रहेको कार्यक्रममा सहायक प्राध्यापक सुरेश तिम्सिना र विद्यार्थी सुरज उप्रेतीले हाजिरी जवाफ सञ्चालन गरेका थिए ।

Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर