Aamsanchar

करेन्ट लागेर बुबाको मृत्यु, छोरा गम्भीर घाइते

Author Image
बिहिवार, फागुन १६, २०७५

सप्तरी, 

खडक नगरपालिका–९ मा आज करेन्ट लागेर ३५ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको छ । उनका छोरा १२ वर्षीय कृष्ण गम्भीर घाइते भएका छन् ।

वीरेन्द्रको उपचारका क्रममा सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

घाइते कृष्णको सोही अस्पतालमा उपचार भइरहेको छ । घर बनाउनका लागि फलामे छड ठाडो पार्ने क्रममा उक्त छडले बिजुलीको तारमा छुन गई बुबाछोरालाई करेन्ट लागेको थियो ।

Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर