Aamsanchar

अत्याधुनिक हतियारसहित सुनसरीमा एकजना पक्राउ

Author Image
बिहिवार, फागुन १६, २०७५

धनकुटा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एकजना कार्यकता दुई थान अत्याधुनिक हतियारसहित सुनसरीमा पक्राउ परेका छन्।

प्रहरीले सुनसरीको धरान पानमारा सडकखण्डमा मोटरसाइकलबाट मोरङतर्फ जाँदै गरेका नेकपाका कार्यकर्ता मोरङको बेलबारी नगरपालिका १० का सन्दीप भनिने देवकुमार लिम्बूलाई लङ मेसिन गन र एम–१६ सहित पक्राउ गरेको जनाएको छ।

बुधबार पानमारास्थित सडकमा नियमित चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले मोटरसाइकलबाट मोरङतर्फ जाँदै गरेका दुईजनामाथि चेकजाँच गर्ने क्रममा उक्त हतियार बरामद गरेका सुनसरी जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए।

प्रहरीले चेकजाँचका क्रममा मोटरसाइकल रोक्न खोज्दा नरोकेपछि शंका लागेर पछ्याउँदै उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। हतियार बरामद गरेपछि अर्का एकजना भने भागेको प्रहरीले जनाएको छ।

पक्राउ परेका लिम्बू नेकपाको पूर्वी ब्यूरो सदस्य रहेको प्रहरीको दाबी छ। लिम्बूलाई अहिले पानीबारी प्रहरी चौकीमा राखेर अुनसन्धान अघि बढाइएको छ।

बरामद भएका दुवै हतियार नेपाली सेनाले प्रयोग गर्ने प्रकारका भएकाले नेपाली सेनाको टोली हतियार परीक्षणका लागि बोलाइएको एसपी अधिकारीले जानकारी दिए।

बरामद गरिएका हतियारमध्ये एलएमजी सशस्त्र प्रहरीसँग केही थान भए पनि एम–१६ भने नेपाली सेनासँग मात्रै रहेको एसपी अधिकारीको भनाइ छ। प्रहरीका अनुसार अमेरिकामा निर्मित एम–१६ राइफल नेपाली सेनाले माओवादीसँग युद्धकै क्रममा खरिद गरेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)