Aamsanchar

सामुदायिक विद्यालयसंग हातेमालो गर्न तयार : प्यावसन अध्यक्ष सापकोटा

Author Image
सोमवार, फागुन २०, २०७५

शान्तिनगर ।

प्यावसन बुद्धशान्तिका अध्यक्ष विष्णु सापकोटाले आफ्नो सङ्गठन सामुदायिक विद्यालयसंग हातेमालो गरेर अगाडी बढ्न तयार रहेको बताएका छन् । उनले सोको वातावरण मिलाउन स्थानीय सरकारलाई आग्रह समेत गरेका छन् । ब्राइट फ्यूचर इंलिस स्कुल बुद्धशान्ति गाउँपालिका–४ बर्नेको २२ औं बार्षिकोत्सवमा बोल्दै अध्यक्ष सापकोटाले विद्यार्थी सामुदायिक र निजी जुनै विद्यालय पढेपनि उनीहरुको शैक्षिक विकासमा दुवैले उत्तिकै टेवा पुग्ने उल्लेख गरे ।

विद्यालय अभिभावक सङ्घका अध्यक्ष शदानन्द अर्यालको अध्यक्षतामा आयोजित बार्षिकोत्सवमा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मीरा भुर्तेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति राखेका थिए । त्यस्तै, विद्यार्थीहरुले रेडियो रिर्पोटिङ, चेतनामुलक नाटक चेलीको आँशु शीर्षकको नाटक प्रस्तुत गरेका थिए ।

यसका साथै बार्षिकोत्सव सप्ताहाब्यापी मनाइएको थियो । खेलकुदमा क्रिकेट, बेलुन फुटाउने, टेवल टेनिस, भाले जुदाई, चक्लेट रेस, मेमोरी टेष्ट, म्याथ रेस, पन्जा लडाई लगायतका खेल सम्पन्न भएको थियो । सो खेलकुदमा प्रथम, दोस्रो र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । त्यस्तै, अभिभावकका लागि तातो आलु (महिला) र प्लेन हाइज्याक (पुरुष) जस्ता मनोरञ्जनात्मक खेल सम्पन्न भएको थियो ।

सोही कार्यक्रममा बर्षभरीको अनुशासित विद्यार्थी, दीपेश बस्नेत, असिन तामाङ, नियमित विद्यालय आउने छिरिङ तामाङ, मेहनती विद्यार्थी इतुसा लिम्बू, सोनम थापा, खुस्वु राई, सुदिप थेवे, बहुप्रतिभाशाली नयन कोइराला, विसाल आचार्य, सारिका सुवेदी, कम्प्युटर वेस्ट प्रतिक्षा अर्याल, जोन राई, २०७४ सालमा स्कुल पहिलो हुने, आदित्य भट्टराई, नियमित अग्रेजी बोल्ने सुम्निमा राई, दृष्टि ढकाल, सफासुग्घर विद्यार्थी गृष्मा मगर र कस्तुप खतिवडा, नियमित पढाउने शिक्षक सोमनाथ सिटौलालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा श्रीमावि बर्नेका पूर्वप्रधानाध्यापक नरेन्द्र भुर्तेल, सीता रमेश बहुमुखी क्याम्पस प्रमुख केशव ढुङ्गेल, श्रीमावि बर्नेका प्रधानाध्यापक चन्द्र उप्रेति, गणेश माविका प्रधानाध्यापक डिल्लीराम खतिवडा, प्यापसन बुद्धशान्ति अध्यक्ष सापकोटा, प्यापसन सचिव बुद्धिकान्त अधिकारी, प्यासन कोषाध्यक्ष उदयचन्द्र काइराला लगायतको आतिथ्य रहेको थियो ।

विद्यालयका विद्यार्थी सुम्निमा राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन स्कुलका प्रिन्सिपल गुणराज अर्याल र भाइस प्रिन्सिपल सोमनाथ सिटौलाले गरेका थिए । २०५४ सालमा स्थापना भएको विद्यालयमा हाल मावि तहको पढाई भइरहेको छ । विद्यालयमा ३९० जना विद्यार्थी अध्ययनरत् छन् ।

Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर