झापा । 

झापा बिर्तामाड नगरपालीका ४ को सुर्योदय टोलको टोल सुधार समिति गठन गरिएको छ । सञ्जिव चापाँगाईको अध्यक्षमा ११ सदस्य समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा रणदेव हजाम, सचिव भिम प्रसाद नेपाल, कोषाध्यक्ष तारा कार्की, सदस्यहरुमा शेखर भट्टराई, मञ्जु राया, बृजकिशोर ठाकुर, बुद्धि प्रसाई, विष्णु कुमारी आचार्य, कुलबहादुर गिरी र हिमा दाहाल (बराल) रहेका छन् ।

साथै ८० घरधुरी रहेको सुर्योदय टोलको टोलसुधार समितिको ५ सदस्यीय सल्लाहार समिति समेत चयन गरिएको छ। जसमा संयोजक झरेन्द्र बराल, सदस्यहरु ध्रुवकुमार आचार्य,ईन्दु भट्टराई, कञ्चन चापागाँई र सारदा राई रहेका छन् ।
सुर्योदय टोलका जेष्ठ नागरिक त्रिलोचन गौतमको अध्यक्षता तथा बिर्तामोड नगरपालीका वार्ड नं.४ का वडा अध्यक्ष कुल प्रसाद संग्रौलाको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बिच एघार सदस्यीय समिति गठन भएको हो ।

“आफ्नो ठाउ आफै बनाउ”भन्ने मुल उद्धेश्य राखी समिति गठन गरिएको बताइएको छ । स्थानिय ठाउँको बिकास निर्माणहरु, सर–सफाई,विपत व्यवस्थापन लगाएत सम्पूर्ण सामाजिक कार्यहरु गर्न स्थानिय ठाउँका उपभोक्ता स्वमयम्ं जागुरुक हुनुपर्ने वडाध्यक्ष संग्रौलाले बताउनु भयो ।टोलको सामाजिक बिकास,निर्माण लगाएतका सम्पूर्ण कार्यकालागी समितीमार्फत वडामा आउन वडाध्यक्षले सुझाब दिनुभयो ।
सिटी सेन्टर सभाहलमा भएको कार्यक्रममा बिर्तामोड नगरपालीका वार्ड नं. -४ कीवडा सदस्य निर्मला गजमेर, सुन्दर सामुदायिकप्रहरी सेवा केन्द्र अस्थाई प्रहरी बिटका ईन्चार्ज भिम बाहादुर गौतम, सुमा न्यौपाने लगाएको कार्यक्रममा उपस्थिती रहेको थियो ।सञ्जिव चापाँगाईले कार्यक्रमको सहजीकरण गनुभएको थियो भने भिम प्रसाद नेपालले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

