Aamsanchar

आमसञ्चारकर्मी खतिवडालाई पितृशोक

Author Image
शनिवार, फागुन २५, २०७५

बिर्तामोड ।

आमसञ्चार डटकमका लेखक एवम् ऊँ झापा मेडिकलका सञ्चालक सुरेश खतिवडालाई पितृ शोक परेको छ ।

झापाको बुद्धशान्ति–५ शान्तिनगर निवासी लोकनाथ खतिवडाको ८३ वर्षको उमेरमा शुक्रबार बेलुका निधन भएको हो । वि.स. १९९३ वैशाख १ गते इलामको तल्किालन इरौटार गाविसमा जन्मिएका खतिवडा विगत दुई महिना देखि फोक्सोमा समस्याभएपछि नियमित उपचारमा रहेका थिए ।

वाक क्षमता नभएका खतिवडा शान्तिनगरकै उदाहरणीय कृषकका रुपमा परिचित रहेका थिए । नेपाली कांग्रेसका सक्रिय सदस्य समेत रहेका उनलाई जय नेपाल प्रतिष्ठान बिर्तामोडले उत्कृष्ट कृषकको रुपमा सम्मान समेत गरेको थियो ।

खतिवडाका तीन छोरा र दुई छोरी रहेका छन् । श्रीमती रेनुका खतिवडा छोराबुहारी डिल्ली–बुद्धिमता,सुरेश–सरिता र सुरज–दिपा खतिवडा रहेका छन् भने छोरीज्वाई हेमन्ता–अर्जुन बराल र सुसन–पुष्पराज घिमिरे रहेका छन् । खतिवडाका ९ जना नातीनातिना रहेका छन् ।

आफु बोल्न नसक्ने भएपनि समाजमा केहि राम्रो काम गर्नुपर्छ भन्ने विचार राख्ने लोकनाथले शिक्षा क्षेत्रको विकासका लागि ठूलो योगदान दिएको उनका कान्छा भाई साहित्यकार तेराखले बताए । उनले आफ्नो दाईको राम्रो कामलाई समेटेर ‘मेरो प्यारो मल्दाई’ शिर्षकमा निबन्ध लेखेको र उक्त निबन्ध उत्कृष्ठ निबन्ध बन्न सकेको उल्लेख गरे ।

खतिवडा परिवारले शान्ति आर्दश माध्यमिक विद्यालयलाई दुई विगाह भन्दा धेरै जग्गा प्रदान गरेको तेराख बताए । उनको शनिबार स्थानीय टिमाई खोलामा अन्तिम संस्कार गरिएको छ ।

Views: 248

प्रतिक्रिया (०)

सम्बन्धित खबर