Aamsanchar

एकता युवा मञ्चको सामाजिक काम

Author Image
आइतवार, फागुन २६, २०७५

शान्तिनगर ।

झापा बुद्धशान्ति गाउँपालिका–४ बर्नेमा रहेको एकता युवा मञ्चले मृगौला पीडित नुमा लिम्बू र घाँटीको क्यान्सर पीडित शोहन लिम्बूलाई आर्थिक सहायता प्रदान गरेको छ । शनिवार मञ्चका सम्पूर्ण सदस्यको उपस्थितिमा शोहन लिम्बूलाई ३० हजार र नुमा लिम्बूलाई १० हजार रुपैयाँ रकम हस्तान्तरण गरिएको हो ।

शोहन र नुमाको उपचारमा आर्थिक अभाव भएपछि देश–विदेशबाट रकम सङ्कलनको काम भइरहेको छ । एकता युवा समाजका सक्रिय सदस्य हाल मलेसियाको सीमानो कम्पनीमा कार्यरत चक्र गुरु·को नेतृत्वमा सोही कम्पनीका साथीहरुवाट सङ्कलित रकम प्रदान गरिएको मञ्चका सचिव पुष्कर केसीले बताए । उनले भने–आउँदा दिनमा पनि पुनः चक्रले रकम सङ्कलन गरी विरामी नुमा र शोहनको उपचारमा आर्थिक सहयोग गर्ने फोन मार्फत जानकारी आएको छ ।

चक्रका बुबा बुद्धवीर गुरु, मञ्चका अध्यक्ष हर्क लिम्बू, लक्ष्मण मगर, विजय लिम्बू, अनिल मगर, विरेन शेर्मा, पृथ्वी मगर, मदन मगर, खड्ग पंन्धाक (लिम्बू), भुपेन्द्र थेवे, पत्रकार दीपेन लावतीको उपस्थितिमा सो रकम ‘शोहन बचाउँ अभियान’का संयोजक दीपेश थेवे, शोहनका बुबा कृष्ण लिम्बू र दिदी प्रमिला लिम्बूलाई नगद ३० हजार र नुमा लिम्बूको परिवारलाई १० हजार रुपैयाँ हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष हर्क लिम्बूले बताए ।

२०७० सालमा स्थापित मञ्चले साविक शान्तिनगरमा विभिन्न चेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसअघि मञ्चले साविक शान्तिनगर र रोङ गाउँपालिकाको विभिन्न स्थानमा सरसफाई र डस्टवीन राखेको थियो । सामाजिक कार्यलाई मुख्य प्राथमित्ता राखेको मञ्चले बुद्धशान्ति गाउँपालिकामा विसादी न्यूनिकरण गर्न विभिन्न ठाउँमा चेतनामुलक कार्यक्रम र अन्तरक्रिया गर्ने लक्ष्य राखेको जनाएको छ ।

Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर