Aamsanchar

चापागाँई परिवारलाई १४ लाखको विमा प्राप्त

Author Image
सोमवार, फागुन २७, २०७५

शान्तिराम बस्नेत / शिवसताक्षी ।

 

बैदेशिक रोजगारका क्रममा मृत्यु भएका शिवसताक्षी १० माइधारका ओमप्रकाश चापागाँईंको परिवारलाई १४ लाख बराबरको विमा प्राप्त भएको छ ।

वैदेशिक रोजगारका क्रममा साउदी अरबमा ७ महिनापछि मृत्यु भएका चापागाँईंले विदेश जानु अघि युनियन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडमा १० लाख बराबरको म्यादी विमा गरेका थिए ।

चापागाँईंको रोजगारीकै शिलशिलामा मृत्यु भएको ६ महिनापछि मात्र शव नेपालमा ल्याइएको थियो । युनियन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड शाखा सुरुङ्गाद्वारा मृतककी श्रीमती कमला सापकोटालाई एक कार्यक्रमका बीच उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको छ ।

कमलाले वैदेशिक रोजगार विमा वापत १० लाख, काजक्रिया तथा शुद्धिशान्ति कार्य खर्च वापत १ लाख, श्रीमानको शव स्वदेश ल्गाउने खर्च वापत १ लाख र अन्य खर्च वापत २ लाख गरी १४ लाख रुपैंया प्राप्त गरेकी हुन् । मृतक चापागाँईले पहिलो प्रिमियम किस्ता ५ हजार ३ सय ३० रुपैंयाको म्यादी विमा गरेका थिए । हाल उनका बाबुआमा, श्रीमती र १ छोरा रहेका छन् ।

विमा चेक उक्त विमा कम्पनीको मेची अञ्चल प्रमुख तिर्थराज कार्की, सुरुङ्गा शाखा प्रमुख नारायण थापा, विमा एजेन्सीहरु उमेशचन्द्र पोख्रेल, सूर्य बस्नेत, पदमसिंह कार्की लगायतले प्रदान गरेका थिए । कम्पनीका मेची अञ्चल प्रमुख कार्कीका अनुसार मृतकका परिवारले मृत्यु प्रमाण भएको सम्पूर्ण कागजातहरु पेश गरेको ५ दिनभित्रमा रकम भुक्तानी गरिएको बताएका छन् ।

Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर